बाम गठबन्धनलाई जिताउन बेनीमा घरदैलो

  • ५ मंसिर २०७४, मंगलवार
  • 2408 पटक पढिएको

बेनी, ५ मंसिर । पार्टी एकताको घोषणा सहित आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले मंगलबारदेखि सदरमुकाम बेनीमा संयुक्त घरदैलो अभियान सुरु गरेका छन् ।

प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्र थापा, प्रदेशसभा क्षेत्र कका माओवादी केन्द्रका बिनोद केसी र प्रदेशसभा क्षेत्र खका एमालेका नरदेवी पुनलाई मतदानको आग्रह गर्दै एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले संयुक्त घरदैलो गरेका हुन् ।


बेनी नगरपालीका ७ र ८ नम्बर वडामा पर्ने बजार क्षेत्रमा ¥याली सहित घरदैलो गरिएको थियो । नेकपा एमालेका नेता याम श्रेष्ठको नेतृत्वमा मंगलाघाटबाट सुरु भएको घरदैलो अभियान न्युरोड कालीपुल, गणेशटोल, बालमन्दिर चोकसम्म गरिएको थियो ।

घरदैलोमा बेनपा ७ र ८ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, रामकृष्ण बराईली लगायत जनप्रतिनिधिका साथै दुवै दलका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । उनिहरुले म्याग्दीको विकास, सम्बृद्धी र नेपालमा राजनितिक स्थिरता कायम गर्न बाम गठबन्धनलाई मतदातका लागि आग्रह गरेका थिए ।

पर्चा र नमुना मतपत्र वितरण गरेका थिए । बेनीको टोल स्तरमा उमेद्वार सहित दोस्रो चरणमा घरदैलो गर्ने कार्यक्रम गरेको बाम गठबन्धनले जनाएको छ । यसैगरी मंगलबार बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा राष्ट्रिय जनमुक्ति पार्टीले चुनाव प्रचारका लागि कोणसभा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै सो पार्टीका प्रतिनिधिसभाका उमेद्वार तिलकबहादुर थापाले जातीय पहिचानको संरक्षणका लागि जनमुक्ति पार्टीलाई मतदानको आग्रह गर्नुभयो ।