भिमप्रसाद गौचनलाई मतदान नगर्न शिखबासीले किन गरे यस्तो अपिल ! (भिडियो सहित)

  • ५ मंसिर २०७४, मंगलवार
  • 5754 पटक पढिएको

म्याग्दी, ५ मंसिर । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा काँग्रेस–राप्रपाको तालमेलबाट उम्मेद्वार बनेका राप्रपाका भिमप्रसाद गौचनलाई मतदान नगर्न अपिल जारी गरिएको छ । बिगतमा भिप्रसाद गौचनबाट पिडित भएका र पिडितका परिवारहरुको तर्फबाट आईतवार बेनीमा पत्रकार सम्मेलन गर्दै बिगतमा म्याग्दीमा भएका निर्वाचनमा चुनाब जित्न र राजनैतिक अवस्थालाई आफु अनुकुल राख्नका लागि राज्य शक्तिको आडमा जनतामाथि क्रुर दमन गर्ने, विविध आतंक मच्याउँदै जनताको हत्या गर्न समेत पछि नपर्ने जनविरोधी पृष्ठभूमिबाट आएको आरोप लगाउँदै गौचनलाई मतदान नगर्न उनीहरुले म्याग्दीबासीलाई अपिल गरेका छन् ।

सो कार्यक्रममा म्याग्दीबासीहरुको नाममा सार्वजनिक गरिएको अनुरोध पत्रमा संघ र प्रदेशका लागि असल पृष्ठभूमि भएका उम्मेदवारहरुलाई छनौट गर्नुपर्ने बताउँदै खराब पृष्ठभुमि भएका गौचनलाई कुनैपनि हालतमा भोट नगर्न अनुरोध गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका पूर्व महासमिति सदस्य समेत रहेका प्रताब पुनले विगतमा आफुलाई राज्यशत्ताको दुरुपयोग गरि झुटा मुद्धा लगाएर फसाएको स्मरण गर्दै विगतमा आफु शक्तिमा पुग्न जनतालाई क्रुर दमन गरेका गौचनलाई कुनैपनि जनताले मतदान गर्न नहुने बताउनुभयो ।

‘‘ प्रदेश सभा जस्तो गरिमामय पदमा राम्रो छवि भएका व्यक्तिहरु पुग्नुपर्छ, गलत छवि भएका व्यक्तिहरु मात्रै होईन उनीहरुलाई बोक्नेहरु पनि स्वत गलत हुन्छन्, तालमेलको नाममा जनविरोधी पृष्ठमूमिका उम्मेद्वारलाई कसैले पनि मतदान गर्न हुँदैन’’–पुनले भन्नुभयो । कार्यक्रममा विगतमा गौचनका जनविरोधी कामको विरुद्धमा संघर्ष गरेका सोवित खड्काले पन्च्यायतकालमा भिमप्रसादले गरेका क्रुर दमनले उत्तरी भेगका म्याग्दीबासीले दुख भोगेको बताउनुभयो ।

उहाँले २०३८÷०३९ सालको जिल्ला सभापतीको चुनाबमा आफ्ना उम्मेदवारलाई जिताउन उत्तरी भेगका चार गाउँ पञ्चायत पाउद्धार, शिख, घार र खिवाङलाई गाभेर दुई वटा गाउँ पञ्चाएत बनाएर अन्याय गरेको र गौचनको सो कार्यले गाउँमा आउने अनुदान कटौतीको मार जनताले अहिले पनि भोग्नुपरेको बताउनुभयो ।

उनीहरुले जारी गरेको अनुरोध पत्रमा २०४२ सालको राष्ट्रिय पञ्चायतको चुनाबमा भिमप्रसाको विरुद्धमा उम्मेदवारी दिएका खिबाङका हरिबहादुर पुनलाई पराजीत गर्नका बाहीरबाट गुण्डाहरु ल्याएर जिल्लामा आतंक मच्चाएको, पूर्व साँसद थममायाँ थापालाई मरणशन्न हुने गरि कुटपिट गरेको, हरिबहादुर पुनको कार्यालयमा व्यापक दमन र हमला गरिएको, पुनका समर्थकलाई प्रहरी प्रशासनको सहयोगमा दमन गर्ने, झुटा मुद्धा लगाएर कठोर जेल सजाय दिईएको, विभिन्न बाहानामा गोली हान्ने आदेश सहित प्रहरीलाई शिख पठाएर निर्दोष जनताको हत्या गर्न लगाईएको आरोप लगाईएको छ ।

२०४२ साल चैत २० गते भएको शिख हत्याकाण्डमा पाउद्धार निवासी शिक्षक शुरेश शेर्पुजा र शिख निवासी हिरालाल फगामी पुनको प्रहरी प्रशासनलाई गलत प्रयोग गरि हत्या गर्न लगाईएको र शिखकै आईतिमायाँ पाईजाको गोली लागेर आँखा गुमेको उल्लेख गरिएको छ ।

त्यस्तै सो पत्रमा पञ्चायत व्यवस्थाले तोक्ने सरकारी उम्मेद्वारको टिकट ल्याउने गरेका गौचनले प्रहरी प्रशासनको सहयोगमा गुण्डाहरु परिचालन गरि गरि मतपेटीका साटेको र बिमका हिराबहादुर फगामीलाई हत्या गरेको समेत उल्लेख गरिएको छ । त्यस्तै २०३६ सालको बहुदलबादीहरुलाई चरम दमन गरेको, बेनी स्थित डाक्टर भुपेन्द्र खड्काको घरमा तोडफोड र हमला गरेको समेत आरोप लगाईएको छ । यता शिखबासीहरुको तर्फबाट लगाईएको सो आरोपको सम्बन्धमा गौचनले ती आरोपहरुमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै आएका छन् ।

भिडियो