जनमोर्चाको घरदैलो अभियान तिव्र

  • ५ मंसिर २०७४, मंगलवार
  • 1485 पटक पढिएको

म्याग्दी, ५ मंसिर । राष्ट्रिय जनमोर्चा म्याग्दीले चुनाव प्रचार अभियान अन्तरगत सोमबार बेनी नगरपालीका ६ छाप र बगुवाखोलामा घरदैलो, पर्चा वितरण र जनभेटघाट गरेको छ ।

मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावलाई लक्षित गरेर प्रतिनिधीसभाका उमेद्वार फौजबहादुर कार्की (बिदुर), जिल्ला अध्यक्ष तथा समानुपातीक उमेद्वार छवी विश्वकर्मा र जिल्ला सदस्य टिकाप्रसाद रानाको टोलीले घरदैलो गरेको हो ।

सो अवसरमा राष्ट्रियताको रक्षा, संघियताको खारेजी गरी बिकेन्द्रित शाषन व्यवस्था लागु गर्न जनमोर्चालाई मतदानका लागि आग्रह गर्नुभएको थियो । यसअघि आईतबार बेनी नगरपालीका ९ तोरीपानी र नेप्टेचौरमा घरदैलो गरेका थिए ।