वामगठबन्धनको राम्चेमा आमसभाः बेलायती पिआरवालाले म्याग्दीको विकास नगर्ने थापाको आरोप

  • ४ मंसिर २०७४, सोमबार
  • 2349 पटक पढिएको

म्याग्दी,४ मंसिर । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा संयुक्त चुनावी आमसभा सम्पन्न गरेको छ ।

आमसभालाई सम्बोधन गर्दै वामगठबन्धन म्याग्दीका प्रतिनिधि सभाका उम्मेद्वार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले बेलायती पिआरवालाले म्याग्दीको विकास नगर्ने आरोप लगाउनुभयो । “जिवनभर खेती किसानी गरेर जनताको सेवा गर्ने र बेलायतको पिआर लिएर नेपालमा पैसाको आडमा राजनितिक गर्ने टुरीस्ट उमेद्वार मध्य कसले जनताको सेवा र विकास गर्छ भन्ने जनताले बुझ्न जरुरी छ” थापाले भन्नुभयो “पैसा, जात र डरधम्की होईन उसको योगदान, पार्टीको एजेण्डा र पृष्ठभुमिको मूल्याङकन गरेर मत हाल्नुहोस ।”

एमाले र माओवादी अग्रसरतामा बनेको संविधानले दलित, महिला, जनजाती लगायतको पक्षमा धेरै काम गरिसकेको हुदाँ त्यसलाई पुर्ण रुपमा कार्यान्वयन गर्न वामगठबन्धनको जित आवश्यक रहेको थापाले बताउनुभयो । उहाँले जिल्लाको विकासलाई पुर्णता दिन र पर्यटन, जलविद्युत, कृषि र जडिबुटीको सदुपयोग गरि स्वदेशमै रोजगार सिर्जना गर्न बामगठबन्धनको स्थायी सरकार मुलुकलाई आवश्यक रहेको हुदाँ गठबन्धनमा भोट हाल्न आग्रह गर्नुभयो ।

प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार विनोद केसीले सडक शिक्षा, खानेपानी र भौतिक पुर्वाधार निर्माण लागि जिल्लामा भएको स्रोतसाधनलाई ब्यवस्थित प्रयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले म्याग्दीका जनता धेरै सचेत भएकाले जातीय नारा, पैसा, भ्रमको खेती र डरधम्कीमा नपर्न बामगठबन्धनलाई कार्यकता तथा मतदातालाई आग्रह गर्नुभएको छ । सो कार्यक्रममा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातिक उम्मेद्वार थममाया थापाले जनमुखि विकास लागि कम्युनिष्ट सरकार आवश्यक रहेको हुदाँ ढुक्क भएर मतको सदुपयोग गर्न मतदातालाई आग्रह गर्नुभएको थियो ।

माओवादी केन्द्रका टेकबहादुर विक, एमालेका सन्तोष रावल, नारायण पुन र सुवास विकले कहिल्यै लोकतन्त्रको अभ्यास नगरेकाले आफूलाई लोकतान्त्रीक भन्न नसुहाउने बताउँदै जनताको भोट किन्न नक्कली नोट प्रयोग गरेको हुदाँ यसमा सचेत हुन राम्चेबासीलाई आग्रह गर्नुभएको थियो ।

वामगठबन्धनका वडा कमिटि अध्यक्ष फासबहादुर गर्वुजाको अध्यक्षता, सदस्य राजकुमार गर्वुजाको स्वागत र युवा नेता सुवास विकको संचालनमा आमसभा सम्पन्न भएको थियो ।