मोनाको आवरणमा राजनीति

  • ४ मंसिर २०७४, सोमबार
  • 2685 पटक पढिएको

 

म्याग्दी, ४ मंसिर । विश्वका विभिन्न देशमा छरीएर रहेका म्याग्देलीहरुको साझा संस्था मानिदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) राजनीतिमा मुछीएको छ ।मोनाको आवरणमा सो संस्थाका केही व्यक्तिहरुले म्याग्दीमा नेपाली काँग्रेसको चुनाव प्रचार गर्न थालेपछि स्वतन्त्र, साझा, सामाजिक र गैरराजनीतिक भन्दै आएको मोनाको भुमिकाप्रती प्रश्न उठेको छ ।

मोनाका निवर्तमान अध्यक्ष योगेन्द्र क्षेत्री युवा कल्वहरुलाई मोनाको प्रतिनिधिको हैसीयतमा आफूलाई स्वागत गर्न लगाउने र सो कार्यक्रममा घुमाउरो तरिकाले नेपाली काँग्रेसका उमेद्वारलाई भोट माग्ने गरेको मालीका गाउँपालीका ७ बिमका वडा अध्यक्ष रेशम जुक्जालीले जानकारी दिनुभयो ।

“आईतबार ताकमको धारापानी र मुनामा आमा समूहलाई स्वागत गर्न लगाएर भाषण गरि काँग्रेसलाई भोट मागेका उनिहरु सोमबार मुदी, खिवाङ तिर गएका छन्” स्वतन्त्रको रुपमा वडा अध्यक्ष निर्वाचीत भई हाल बामगठबन्धनलाई सर्मथन गरेका जुक्जालीले भन्नुभयो “उनिहरुले कुनै पार्टीको सदस्यको रुपमा प्रचारमा हिड्नु अस्वभावीक होईन् तर मोनाको आवरणमा पार्टीलाई भोट माग्ने मात्र होईन् मतदातालाई प्रभावीत गर्न पैसा समेत बाडेको जानकारी आएको छ ।”

मोनाका निवर्तमान अध्यक्ष क्षेत्री नेपाली काँग्रेस म्याग्दीको बिदेश बिभाग प्रमुख हुन । क्षेत्रीले भने सो क्षेत्रको जलविद्युत, पर्यटन, कृषि क्षेत्रको सम्भावनाको अध्ययन गरी लगानी भित्र्याउने उद्देश्यले प्रतिक्रिया दिएका छन् । चुनावको मुखैमा मोनाको नाममा गाउँ दौडाह र मोनाको नाममा भैरहेको भोट माग्ने गतिबिधिले संस्थाप्रती शंका पैदा भएको सो संस्थाका सल्लाहकार चन्द्रकुमार केसीले बताउनुभयो । केसीले भन्नुभयो “मोनाको नाममा काँग्रेसको प्रचार गर्ने हो भने बामपन्थी प्रवासीहरुको छुट्टै प्रवासी संस्था स्थापना गर्नुपर्छ ।”