प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • ३ मंसिर २०७४, आईतवार
  • 3021 पटक पढिएको

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहालको निधन भएको छ । उनको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको उच्चस्रोतले जनाएको छ । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।

छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् । दाहाल झापाको बी एन्ड सी अस्पतालको सातौं तल्लामा रहेको हेलिप्याडबाट छोरी, ज्वाइँसहित काठमाडौं प्रस्थान गरिसकेका छन् ।

छोराको निधन भएको खबरपछि दाहाल आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर काठमाडौं फर्केकाहुन् । प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए ।

२०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् । उनका पोखरामा रहेकी श्रीमती सिर्जना छोरासहित नर्भिक अस्पतालमा पुगेकी छिन् ।

-कान्तिपुर