शंख

  • २९ कार्तिक २०७४, बुधबार
  • सुमन "हुलाकी"
  • 3944 पटक पढिएको

(सुमन हुलाकी)

मन त बिगुल फुक्ने थियो
तर
नियेतिले शंख
थमाइदियो हातमा ।

पकाउनु अघि
चामलमा मूल्य परेका
मुल्यहिन
ढुङ्गा खोजे जस्तै गरि
सेतो शंख मा
काला बास्तबिकताहरु खोजे
अनि भेटे केके ।।

मानव जस्तै
बाहिर राम,
भित्र हराम ।
बाहिर सेता,े
भित्र कालो ।।
तेस्को बास्तबिकता
हो येहि शंखको
आबरण ।।

मेरो बिधवा काँहिली काकी
जसको
बाहिरको कपडा मात्रै होइन,
भित्रको मन पनि सेतै छ ।
उहाँको छायाँलाइ
अपबित्र किन भन्छ्न
पन्डित बाजे ??
र कालो भित्री भयेको
सेतो
बिधवा शंखलाई नै
चुमेर किन
सुरु गर्छ्न पबित्र कर्म ?
मलाइ सोध्नु छ
उहाँ सगँ ।।।

दलितद्धारा नै स्थापित
यो शखंलाइ चुम्ने
अधिकारबाट
किन बन्चित छ्न उनिहरु
स्वयम् ??

सन्तानको खुट्टामा बल आयेपछी
उस्लाइ जन्माउने
भगवानहरुले एक पटक
आफ्ना ती खर्सा हातले
सन्तानको चिल्ला गाला
मुसार्न पाउँछन् कि
पाउदैन सरकार ???

जसरी
मनको बाटो हुँदै
मुखबाट निस्कियको
त्यो तपाइको जुठो सास
शंखबाट
बाहिर निस्कदा तेति ठूलो
अवाज
हुन्छ ।।

तेसरीनै त्यो सानो मनलाइ
ठूलो बनाउने शंख
कहाँ छ महोदय ??

हो महोदय
अब शंख फुक्नुछ,
अनि घोषणा गर्नुछ
निन्द्राको तन्द्रामा मस्त
ती कानहरु लाई जगाउनु छ,
अब शंखले
सङ्काहरु हटाउनु छ
मानबताको महलहरु
उठाउनु छ ।।

हामी कहिले बन्ने,
सिमाना नभये पनि
खुसी ती बाद्ल जस्ता ??

देश बिना पनि,
नाचिरहेकको वायु
हामी बन्ने कहिले ??

महोदय,
हामि आतुर छौ
हेर्न,
विभेद मरेको
शंख फुकेको
अनि विभेद जलेको

तेहि खरानिमा
समानता उम्रेको ।।

हाम्रो सपना कहिले पूरा हुन्छ महोदय?
आखिर कहिले? ।।।

रघुगंगा – २, भगवती

सुमन “हुलाकी”

(हालः भक्तपुर  Sub Civil Engineering अध्ययन गर्दै )

 

 

 

 

सुमन "हुलाकी"