रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट बनाउन माग गर्दै बेनीमा जनप्रदर्शन (फोटो फिचरं)

रघुंगगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितीको आह्वानमा

  • १९ फाल्गुन २०७३, बिहीबार
  • कमल खत्री
  • 3927 पटक पढिएको

म्याग्दी, १८ फागुन । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न माग गर्दै बेनीमा दबाबमुलक विशाल जनप्रदर्शन गरिएको छ । रघुंगगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितीको आह्वानमा विहिवार सदरमुकाम बेनीमा प्रस्तावित  रघुगंगा गाउँपालिकामा समाबेश भएका पाँच गाविसबासीले नाराबाजी सहित विरोध र्‍याली गरेका हुन् ।
DSC_0180

स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले रघुगंगा गाउँपालिकाको केन्द्रको बिषयमा देखिएको विवादको कारण गुगल नक्साङकनको आधारमा अस्थायि केन्द्रको रुपमा पाखापानीलाई तोकेपछि उक्त केन्द्र अपाएक पर्ने पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला बासीहरुले चरणबद्ध आन्दोनमा उत्रिएका छन् ।  DSC_0003कालिपुलबाट सुरु भएको वृहत विरोध ¥यालीले गणेशटोल, संगमचोक, बालमन्दीरचोक हूँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले साँकेतिक रुपमा जिल्ला प्रशासन कार्यालय अगाडि कामरोक धर्ना दिएर गाउँपालिकाको केन्द्र मौवाफाँटलाई बनाउन दबाब समेत दिएका थिए ।

DSC_0174

कोणसभालाई सम्बोधन गर्दै आन्दोलनका अगुवाहरु देवेन्द्र केसी, भवबहादुर भण्डारी, बालकृष्ण सुवेदी, विनोद केसी र गम बहादुर पुनले बहुसंख्यक जनातालाई शास्ती हुने गरि गाउँपालिकाको केन्द्र तोकिनु गम्भिर गल्ती भएको भन्दै तत्काल जिल्ला स्थित राजनितीक नेतृत्व र सम्बन्धित सरोकारवालाले गल्ती सच्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । DSC_0075आफ्ना मागलाई बेवास्ता गरि यथास्थितीमा आगामी निर्वाचन गर्न खोजीयमा त्यसको शसक्त प्रतिवाद गर्दै आम नागरिकबाट निर्वाचन बहिस्कार तथा अबज्ञा गर्ने उद्घोष गर्दै उहाँहरुले गाउँपालिकामा समाबेश भुगोलको करिब ८५ प्रतिशत जनसंख्यालाई भौगोलिक सुगमता हुने गरि मौवाफाँटलाई केन्द्र नतोकेसम्म आन्दोलन जारी रहने घोषणा गरेका छन् ।DSC_0207

जिल्ला प्रशासन कार्यालयमा भएको कोणसभापछि हुलाकचोक, न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग हुँदै कालिपुल पुगेर विरोध ¥याली पुन कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नरसिंहबहादुर खत्री, खिमबहादुर शाही, रिम केसी र टोप बहादुर केसीले गाउँपालिकाको केन्द्रबारे पुर्नविचार नगरेसम्म आन्दोलनलाई शसक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।DSC_0191

मौवाफाँट केन्द्र तोक्न माग गर्दै आन्दोलित बनेका स्थानीयले बुधवार जिल्ला निर्वाचन कार्यालय र जिल्ला विकास समितिमा तालाबन्दि गरीसकेका छन् । रघुगंगा गाउँपालिकामा समाबेश गाविसहरुमध्ये पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोलाबासीले मौवाफाँट केन्द्र बनाउन सहमत भइसकेका छन् । बहुमत जनसंख्याको जनभावना विपरित आयोगले अस्थायी रुपमा केन्द्र तोक्नु गैरजिम्मेवार पन भएको उनीहरुको भनाई छ । DSC_0096

सरोकार समितिले उठाएको आन्दोलनमा जिल्लामा क्रियाशिल राजनितीक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेताहरुले समेत एक्यबद्धता जनाएका छन् । गाउँपालिकामा समावेश भएका गाविसहरुको प्रशासनिक सुगमता र भौगोलिक बनावटका साथै बस्ती विस्तारको सम्भाबनाले मौवाफाँटलाई केन्द्र बनाउन पटक पटक सम्बन्धित निकायमा  ध्यानकर्षण गराएपनि सुनुवाई नभएपछि उनीहरु चरणबद्ध संघर्षका कार्यक्रम सहित आन्दोलीत बनेका हुन् ।DSC_0084

उनीहरुले गाउँपालिकामा पर्ने बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि बेगखोलासम्मको सडक अनिश्चितकालका लागि बन्द गरेका छन् । जस्को कारण हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा यात्रा गर्ने यात्रुहरु समस्यामा परेका छन् ।

DSC_0055

संघर्ष समितिले यस अघि जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाईसकेको छ भने मन्त्रालय र प्रधानमन्त्रीको समेत ध्यानकर्षण गरिसकेको छ । DSC_0180प्रस्तावित रघुगंगा गाउँपालिकामा समावेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गरि बहुमत ८० प्रतिशत भन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने पाँच गाविसहरुले समेत मौवाफाँट केन्द्र बनाउनु उपयुक्तहुने भन्दै लिखित सहमती गरि सिफारिस गरिसकेका छन् । DSC_0069

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l