जिविस म्याग्दीमा दोहोरो तालाबन्दी

  • १९ फाल्गुन २०७३, बिहीबार
  • सन्तोष गौतम
  • 3302 पटक पढिएको

म्याग्दी १९ फागुन । स्थानीय तह पुनसंरचनाका क्रममा प्रस्तावीत दुई वटा गाउँपालीकाको केन्द्रको विषयमा देखिएको बिवादका कारण जिविसको कार्यालय म्याग्दीमा दोहोरो तालाबन्दि भएको छ । मौवाफाँटमा केन्द्र कायम गर्नुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले तालाबन्दि लगाएको जिविसको कार्यालयमा ताकमलाई केन्द्र बनाउनुपर्ने माग गर्दै आएका धौलागिरी गाउँपालीका संघर्ष समितिले अर्को ताला लगाएका छन् ।IMG_3488

राज्य पुनसंरचना आयोगले बहुसंख्यक बासिन्दालाई असुबिधा हुनेगरी धौलागिरीको मुना र रघुगंगाको पाखापानीमा अस्थाई केन्द्र कायम गरेको भन्दै उनिहरु संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका हुन् । आयोगले गाउँपालीका केन्द्र रहने गाविसमा उच्च मावि तहको विद्यालय, भवन लगायतका पुर्वाधार रहनुपर्ने लगायतका मापदण्ड विपरीत केन्द्र कायम गरेको धौलागिरी गाउँपालीका संघर्ष समितिका अगुवाहरुले बताएका छन् ।

तत्कालीन जिल्ला प्राबिधिक सहयोग समितिले धौलागिरी गाउँपालीकाको केन्द्र ताकम वा मुना कायम गर्न सिफारीस गरेको थियो ।
संघर्ष समितिले गाउँपालीकामा समेटिएका गाविसको कामकाज ठप्प पार्ने, दरवाङ मुना सडकको ताकम खण्डमा चक्काजाम गर्ने, यथास्थितीमा चुनाव भए बहिस्कार गर्ने, दल र भातृ संगठनबाट राजीनामा दिएर दलविहीन गाविस घोषणा गर्ने चेतावनी दिएका छन् ।

तालाबन्दिका कारण जिविसको विकास निर्माण सम्बन्धि कामकाज र अन्य सेवा प्रवाह ठप्प भएको छ । जिल्ला परिषद्को तयारीका लागि विषयगत समितिको बैठक समेत अन्य कार्यलयमा बसेको छ । जिविसका कर्मचारी दिनभर कार्यलय परिसर बाहिर बसेका छन् ।
यस्तै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बुधबार जिल्ला निर्वाचन कार्यालयमा लगाएको ताला बिहीबार प्रहरीले तोडेर कामकाज सूचारु गराएको छ ।

यसैगरी व्यवस्थापीका संसदमा प्रतिनिधित्व गर्नुहुने म्याग्दीका सांसद, राजनितिक दल र सरकारी अधिकारीहरुको बिहीबार बसेको बैठकले म्याग्दीमा थप एक वटा गाउँपालीका थप गर्न आयोगमा पहल गर्ने निर्णय गरेको छ । 4केन्द्रको बिवाद देखिएको रघुगंगा गाउँपालीकालाई २ वटा बनाउन पहल गर्ने निर्णय भएको सांसद तथा पुर्वराज्यमन्त्रि नरदेवी पुनले बताउनुभयो । कुन कुन गाविसलाई अलग्गै गाउँपालीका बनाउने भन्ने विषयमा भने निर्णय नभएको उहाँले बताउनुभयो ।

स्थानीय विकास मन्त्रालय र आयोगले प्रदेश नम्बर २ मा स्थानीय तह थप गर्ने गृहकार्य गरेको अवस्थामा म्याग्दीको समस्या समाधानका लागि पहल गर्ने नेता तथा सांसदहरुको भनाई छ । यसअघि म्याग्दीमा एक नगरपालीका र पाँच गाउँपालीका सिफारीस गरिएको थियो ।

सन्तोष गौतम