मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’ को सुन्दरता (फोटो फिचर)

  • २७ कार्तिक २०७४, सोमबार
  • कमल खत्री
  • 4305 पटक पढिएको

म्याग्दी, २७ कात्तिक । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के आझेलमा परेको छ । नेपाल सरकारले प्रचुर पर्यटकिय सम्भाबना बोकेको टोड्केलाई पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरिसकेपनि यस क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार र पूर्वाधारको अभाब प्रमुख समस्याको रुपमा रहेको छ । प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भाबनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुन्द्री सतहदेखि २ हजार ३८० मिटरको उचाईमा अबस्थित छ ।

मंगला गाउँपालिको पुर्णगाउँ , रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतको सिमा क्षेत्रमा पर्ने टोड्के मनोरम हिमश्रृखलाको दृष्यावलोकन गर्ने उपयुक्त स्थान मानिन्छ । अहिले यस क्षेत्रमा फुलेको सयपत्री फुल र त्यहाँबाट देखिने मनमोहक दृष्यले त्यहाँ पुग्नेहरुलाई लोभ्याईरहेको छ । पर्यटन विकासको सम्भावनायुक्त स्थान भएपनि व्यवस्थित बस्नेखाने होटल र पदमार्गको अभाव संगै प्रचार प्रसार नहुदा यो क्षेत्र ओझेलमा परेको हो ।

प्रयाप्त मात्रामा पर्यटकहरु भित्रन नसकेपछि पुर्णगाउँ, झिँ र वाखेतमा सञ्चालन गरिएका होमस्टे समेत प्रभावकारी बन्न सकेको छैन् ।यस क्षेत्रमा पुग्नको लागि पदमार्ग र सडक दुबैको पहुँच भएपनि दुबैको स्तर राम्रो नभएकाले समस्या देखिएको छ । गुराँसे जंगल र मनोरम हिमश्रृङ्खलाको अबलोकनको लागि प्रसिद्ध मानिएको टोड्केमा पछिल्लो समय भम्रण र बनभोजको लागि आन्तरिक पर्यटकहरु पुग्नेक्रम बढेपनि पूर्वाधारको अभाबले थप प्रर्यटन प्रवद्र्धनमा समस्या देखिएको छ ।


एकै ठाउँबाट धौलागिरी, अन्नपूर्ण, माछापूच्छ«े गणेश ,गुर्जा लगायतका हिमालको मनोरम दृष्य संगै म्याग्दी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न पाउनु टोड्के क्षेत्रको विषेशता हो । रङ्गीचङ्गी गुराँसे जंगल, सुर्योदय, पहाडी भुगोलले टोड्के क्षेत्र सम्भावनायुक्त क्षेत्र हो । यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि टोड्के क्षेत्र विकास कोषले विभिन्न संघ संस्थासंगको समन्वयमा टोड्केमा आबस्यक भौतिक पूर्वाधार निर्माण संगै पर्यटन गतिविधिलाई अगाडि बढाएको छ ।

भम्रणमा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको सुविधाको लागि तत्कालिन जिविस र पर्यटन कार्यालय पोखराको सहयोगमा भबन, शौचालय, सडक लगायतको केही पूर्वाधार निर्माण भएको छ ।

अहिले स्थानीयले टोडेकेमा खानेपानी सुविधा र सामुदायिक लज स्थापनाको योजनासंगै बोटानिकल गार्डेन बनाउने अबधारणलाई अगाडि सारेका छन् । यस क्षेत्रको प्रचार प्रसारको लागि महोत्सव, महायज्ञ लगायतका कार्यक्रमहरु समेत हुँदै आएका छन् ।

प्रचुर धार्मिक एवम पर्यटकीय सम्भाबना बोकेपनि आबश्यक प्रचार–प्रसार र पूर्वाधारको अभाबमा ‘बत्तिमुनीको अध्यारो’को रुपमा रहेको टोड्के क्षेत्रमा बढी भन्दा बढी आन्तरीक र बाह्य पर्यटक भित्र्याउन सकेमा यसले स्थानीयको आयआर्जन र रोजगारि बृद्धि गर्नुको साथै गाउँपालिका र नगरपालिकाको समेत आम्दानीको स्रोत बनाउन सकिने देखिन्छ । तस्बिरः सम्झना राम्जाली

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l