ताकममा नेपाली कांग्रेसको आमसभा

  • २५ कार्तिक २०७४, शनिबार
  • 2984 पटक पढिएको

म्याग्दी, २५ कात्तिक । लोकतान्त्रिक गठबन्धनले शुक्रबार धौलागिरि गाउँपालिका–७ ताकममा चुनावी आमसभा सम्पन्न गरेको छ । आमसभामा प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले जिल्लाबासीको आवश्यकतालाई मध्यनजर गरी विकास निर्माण सहितको योजनालाई प्राथमिकता दिने आफुँले विभिन्न योजनाहरु बनाएको बताउँदै आगामी पाँचबर्ष जनप्रतिनिधिको हैसियतामा काम गर्ने अवसर दिन मतदातालाई अनुरोध गरे । त्यस्तै प्रदेशसभा सदस्य ‘ख’ का उम्मेदवार क्याप्टेन अमलाल फगामीले राजनीतिमा नयाँ भनेर आफ्नो आलोचना गर्ने गरिएको बताउँदै आफ्नो क्षेत्रका जनताले अहिलेसम्म नगरेको चमत्कारी विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
मेरो राजनीति जीवन धेरैलाई थाहा छैन्, जनताको सुखदुखमा लामो समयदेखी सक्रिय छु’ फगामीले भने। उनले प्रदेश नम्बर २ अन्र्तरगत मंगला, मालिका, धौलागिरि गाउँपालिकाका हरेक गाउँबस्तीका जनताको समस्यालाई समाधान गर्ने गरी अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तयार पारिएको बताए । आमसभाका प्रमुख अतिथि एवम् निर्वतमान सांसद रेशम बहादुर बानियाँले धौलागिरि गाउँपालिकामा भित्रिएका धेरै योजनाहरु आफ्नो प्राथमिकतामा आएको बताए । उनले कृषि, पशुपालन,पर्यटन, जलविद्युत र जडिबुटी लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजय बनाउन मतदातालाई अनुरोध गरे ।

पश्चिम म्याग्दीका नियमित बाहेक पनि विभिन्न दातृनिकायबाट समेत अतिरिक्त बजेट ल्याउन सक्ने क्षमता भएका उम्मेदरबारहरुबाट केहीबर्षकै आधारभुत आवश्यकता पुरा गर्न सकिने बानियाँले बताएका थिए । आमसभामा समानुपातिक उमेद्वारद्धय त्रिलोकचन्द बिश्वास बिक, म्याग्दी उद्धार समिति बहराईनका निर्वतमान अध्यक्ष तेजेन्द्र थापा, नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य अजयमिलन श्रेष्ठ, मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका लगाएतले सम्बोधन गरेका थिए । सो अबसरमा विभिन्न पार्टीबाट प्रवेश गरेकाहरुलाई पार्टी सदस्यता प्रदान गरिएको काँग्रेसले जनाएको छ ।