मुस्ताङको चिसो संगै चुनाबी सरगर्मी बढ्यो

  • २५ कार्तिक २०७४, शनिबार
  • सुन्दर कुमार थकाली
  • 2421 पटक पढिएको

मुस्ताङ
५ स्थानीयतह,२ प्रदेशसभा र १ प्रतिनिधिसभा भएको हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो समय हिउँदको चिसो मौसम संगै चुनाबी सरगर्मी बढेको छ ।यहाँ जिल्लाको कुल ३७ मतदानकेन्द्रमा ९ हजार ४ सय २७ मतदाताले यसपटक मतदान गर्ने भएका छन् ।उपल्लो मुस्ताङ समेटिएको प्रदेश ‘क’मा ३ हजार १ सय ५६ र तल्लो मुस्ताङ समेटिएको प्रदेश ‘ख’मा ६ हजार २ सय ७१ मतदाताले यसपटक मतदान गर्ने भएका छन् ।यहाँ नेपाली काग्रेस र बामगठबन्धनले ३—३ र राप्रपा प्रजातान्त्रिकले १ स्थानमा उम्मेदवारी दर्ता गराएको छ ।


उपल्लो मुस्ताङमा नेपाली काग्रेस र बामगठबन्धनका साझा उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । हिउँद चिसो मौसम सुरुआत भएकाले यहाँका आधा जसो मतदाता बेशीतर्फ झरिसकेका छन् ।यहाँ रैथाने बस्ने केही घरकुरुवा र राजनितिक आस्था भएका कार्यकर्ता मशिर १० को निर्वाचनको पर्खाईमा छन्।उत्तरी कोरलानाका संग सिमा जोडिएको लोमान्थाङ गाउँपालिका ३ निवासी नेपाली काग्रेसका यूवा उम्मेदवार मिक्यूर गुरुङ र सोही गाउँपालिका ५ बस्ने लोमान्थाङ बजार निवासी ईन्द्रधारा बिष्टले चुनाबी प्रतिस्पर्धा गर्देछन् । यि दुबै उम्मेदवारको चुनाबी एजेन्डा कोरलानाका, सडक सञ्जाल,ग्रामिण बिद्युतीकरण र पर्यटन पूर्वाधारको बिकास उठाएको छ ।

स्थानीयतह निर्वाचनमा बलियो साबित गरेको नेपाली काग्रेसले यो निर्वाचन पनि आफ्नो पोल्टोमा पर्ने दावी गरेको छ ।तर यो निर्वाचन काग्रेसलाई स्थानीयतह जस्तो शहज भने हुँने छैन ।यहि प्रदेश संग जोडिएको अर्को दालोमे गाउँपालिकाका अध्यक्ष बनेका पुराना नेपाली काग्रेसका अगुवा राजुबिष्ट र चराङकी नेपाली काग्रेसकी अगुवा माया बिष्ट एमाले प्रबेश गरेपछि नेपाली काग्रेसलाई यो चुनाब कठिन बनेको हो ।यहि प्रदेशमा बामगठबन्धनबाट उम्मेदवार बनेका यूवाहस्ती ईन्द्रधारा बिष्ट समेत पूर्व नेपाली काग्रेस समर्थित हुँन् ।लोमान्थाङमा आफुलाई बलियो मेरुदण्डको रुपमा स्थापित गर्दे आएका बिष्टले वर्षेनी कोरलानाकामा संञ्चालन हुँने तिब्बतीयन हाटबजारको शहजकर्ताको भूमिका निर्वाह गर्दे आएका छन् ।यहाँ उनको जीत सहज भएको स्थानीयको भनाई छ ।त्यस्तै नेपाली काग्रेस प्रदेश ‘क’ उम्मेदवार मिक्यूर गुरुङको पनि चुनाब जितेरै छाड्ने दावी छ ।

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्तिक ८ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि राजनितिक दल र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर सामान्य भेटघाट गरेका थिए ।निर्वाचनको मिति नजिकिदै गरेपछि ठूलो कार्यकर्ता र समर्थकको मास सहित दलहरु घरदैलो अभियानमा जुटेका छन् ।प्रतिनिधिसभामा नेपाली काग्रेसकातर्फबाट उम्मेदवार बनेका पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली र बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका प्रेम प्रसाद तुलाचन आपसका नजिकका नातेदार हुँन् ।

यि दुबै उम्मेदवार मुस्ताङको थासाङ गाउँपालिका ४ लेते निवासी हुँन् ।करिव ५ मिनेटको फेरोमा उम्मेदवार रोमी गौचन थकालीको कालोपानी गेष्ट हाउँस र अर्का उम्मेदवार प्रेम प्रसाद तुलाचनको सियो लज छ ।यि दबै उम्मेदवार मुस्ताङका हेविबेट उम्मेदवार हुँन् ।नेपाली काग्रेसका उम्मेदवार गौचन ०५६ र ०७०सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचि बने ।उनी ०६४ को निर्वाचनमा समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य भए ।यस्तै एमालेका उम्मेदवार प्रेम प्रसाद तुलाचन मुस्ताङका प्रसिद्ध निर्माण व्यवसायी हुँन् ।उनको होटल देखि ट्राभल एजेन्सी सम्मको व्यवसाय छ ।निर्माण व्यवसायीको तर्फबाट सबैभन्दा बढी र समयमा राजश्व दाखिला गर्ने पनि उनै हुँन् ।

गतवर्ष उनलाई आन्तरिक राजश्व कार्यालयले सम्मान सहित पुरस्कृत ग¥षो ।उनले जिल्लामा यातायातको सेन्डीकेट खारेज गर्न महत्वपूर्ण भूमिका खेले ।लगातार १२ वर्ष सम्म मुस्ताङको घरेलु खेलकुद प्रतियोगिता थाक खेलकुद तथा सास्कृतिक बिकास संघको अध्यक्ष भएर जिल्लाको खेलकुद बिकासमा योगदान दिए । ०७० सालको दोश्रो संम्विधानसभा निर्वाचनमा चुनाबी प्रतिस्पर्धा गरेका यि दुई उम्मेदवारको यो दोश्रो चुनाबी भिडन्त हो ।

यसअघि नेपाली काग्रेसका बागी उम्मेदवार भएर चुनाब लडेका उनी नेपाली काग्रेसका उम्मेदवार पूर्व बाणिज्यमन्त्री रोमी गौचन थकाली संग १३ मतअन्तरले मात्र पराजित भएका थिए ।यसपटक कसको पल्लाभारी हुँन्छ भन्ने अनुमान गर्न मुश्किल परेको छ ।यसपटकको निर्वाचन उनीहरुलाई फलामको च्यूरा बनेको छ ।प्रतिनिधिसभा उम्मेदवार गौचन र तुलाचनले कोरलानाका खोल्न पहल गर्ने र यातायात,कृषि,पर्यटन र भौतिक पूर्वाधार बिकासमा जोड दिने प्रमूख चुनाबी मूद्धा बनाएका छन् ।

यता प्रदेश‘ख’मा नेपाली काग्रेस र बामगठबन्धन एमाले र माओवादीकेन्द्रको चुनाब प्रचार प्रसार र घरदैलो अभियान तिब्र रुपमा अघि बढेको छ । यहाँ पनि नेपाली काग्रेस र बामगठबन्धनबीचनै कडा प्रतिस्पर्धा हुँने भएको हो।काग्रेसका छिरिङधावा गुरुङ र एमालेका उम्मेदवार महेन्द्र बहादुर थकाली बीचनै कडा प्रतिस्पर्धा हुँने भएको हो ।यहाँ राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रविण शेरचनको खासै माहोल तातिएको देखिन्न । ।बाह्गाउँमूक्तिक्षेत्र गाउँपालिका मूक्तिनाथ रानीपौवा निवासी नेपाली काग्रेसका उम्मेदवार गुरुङ र घरपझोङ गाउँपालिका जोमसोम निवासी थकाली जिल्लाका प्रबुद्ध व्यक्ति हुँन् ।

नेपाली काग्रेसका छिरिङधावा गुरुङ ०३६ सालबाट नेपाली काग्रेसको सक्रिय सदस्य भएर राजनितिक यात्रा सुरुआत गरेका हुँन् ।उनी जिल्ला पञ्चायत सदस्य र ०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार र सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्षको कार्यभार पूरा गरेका व्यक्ति हुँन् ।यस्तै बामगठबन्धनका अर्का उम्मेदवार महेन्द्र बहादुर थकाली जिल्ला प्रशासन कार्यालयमा ३० वर्ष सेवागरि अवकाश पाएका व्यक्ति हुँन् ।उनी जनहित उच्चमाध्यमिक बिद्यालय व्यवस्थापन समितिको सदस्य,थाक खेलकुद तथा सास्कृतिक बिकास समितिको संरक्षक,रेडक्रस सदस्य,जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र थप्रै सामाजिक संघसंस्थामा आबद्ध छन् ।

सुन्दर कुमार थकाली