मगर विद्यार्थी संघद्धारा पोशाक र शैक्षिक सामाग्री वितरण

  • २४ कार्तिक २०७४, शुक्रबार
  • 2147 पटक पढिएको

म्याग्दी, २४ कात्तिक । नेपाल मगर विद्यार्थी संघ बेनी सामुदायीक ईकाई कमिटिले शुक्रबार बेनी नगरपालीका ५ बगुवाखोलामा रहेको बालजागृती आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेको छ ।

वौद्धीक अपाङ्गता स्रोत कक्षाका २२ र अन्य गरी ६३ जना विद्यार्थीलाई पोशाक, कापी र कलम वितरण गरिएको संघले जनाएको छ । ईकाई समितिका अध्यक्ष सोनीया पुनको अध्यक्षता, सचिव लिला पुर्जाको सञ्चालन र धौलागिरी अञ्चल कार्य समितिका सचिव देवेन्द्र फगामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा वालजागृती आधारभुत विद्यालयका प्रअ भक्त कार्की, बेनी सामुदायीक माविका प्रअ दिपक श्रेष्ठ र अञ्चल समितिका सदस्य बिमल पुनले बेनी सामुदायीक ईकाई समितिले गरेको कामको प्रशसा गर्नुभएको थियो ।

नेपाल मगर विद्यार्थी संघ म्याग्दीले गत तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकम सामाजिक काममा परिचालन गरेको छ । गत हप्ता ओमकुमारी शान्ति कोषलाई पाँच हजार ५५५ रुपैया सहयोग गरेर आजिवन सदस्यता लिएको संघले दग्नामकी ब्रेन ट्युमर पिडीत करुणा गर्बुजा बचाउ अभियानमा पनि पाँच हजार ५५५ रुपैया सहयोग गरेको थियो ।