उमेद्वार पुनको टोलीद्धारा घरदैलो अभियान जारी

  • २४ कार्तिक २०७४, शुक्रबार
  • 2863 पटक पढिएको

 

म्याग्दी, २४ कात्तिक । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनबाट एमालेकी उमेद्वार नरदेवी पुनको टोललिे शुक्रबार मंगला गाउँपालीकाको विभिन्न बस्तीहरुमा घरदैलो गरेको छ ।

मंगला गाउँपालीका २ सिमलचौर, कुकुर बिसौना, मिठौलामा घरदैलो गरिएको हो । टोलीमा पूर्व राज्यमन्त्री समेत रहनु भएकी पुन, मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी लगायत एमाले र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

उमेद्वार पुनले मतदाताको घरका साथै खेतबारीमै पुगेर मत माग्नुभएको थियो । उहाँले संबिधानमा महिलाहरुको हकअधिकारका लागि भएका व्यवस्थाको कार्यान्वयनसंगै आफू राज्यमन्त्री हुँदा म्याग्दीका विकासका क्षेत्रमा सुरु गरिएका कामलाई निरन्तरता दिन आफू र बामगठबन्धनलाई जिताउन आग्रह गर्नुभएको थियो ।