म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी

  • २४ कार्तिक २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 3211 पटक पढिएको

म्याग्दी, २४ कात्तिक । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मतको दर घटाउन मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी गरेको छ । मतदान केन्द्र स्तरमा परिचालन हुने स्वमसेवकहरुलाई शुक्रबारदेखि सदरमुकाम बेनीमा मतदाता शिक्षा सम्बन्धि तालीम दिन सुरु भएको छ । एकएक दिनका दरले दुई चरणमा १०६ जना मतदाता शिक्षा स्वयमसेवकहरुलाई तालीम प्रदान गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

तालीमको निर्वाचन आयोगका सहसचिव डाक्टर हरि पौडेल, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, जिल्ला निर्वाचन अधिकारी पौडेल, शिक्षा कार्यालयका स्रोत व्यक्ति बालकृष्ण पौडेल र प्रकाश माविकी शिक्षीका सरला सुवेदीले सहजिकरण गर्नुहुने जनाइएको छ । बालकक्षका सहयोगी कार्यकर्ता र सामाजिक परिचालकहरुलाई स्वमसेवकमा नियुक्त गरिएको छ । शनिबार दुई चरणकै तालीम सकिएपछि मतदाता शिक्षा सामाग्री सहित स्वमसेवकहरु गाउँ गाउँमा खटिने जनाइएको छ । स्वमसेवकहरुले सर्वसाधारणहरुलाई बदर नहुने गरी मतदान गर्ने तरीका, निर्वाचन आचार संहिता लगायतको विषयमा घरदैलो, भेला मार्फत सन्देश प्रवाह गराउने बताइएको छ ।

म्याग्दीमा रहेका १०६ मतदान केन्द्रमा एकएक जनाका दरले मतदाता शिक्षा स्वमसेवक खटाइने निर्वाचन कार्यालयले जनाएको छ । स्वमसेवक मार्फत मतदाता शिक्षाका लागि पर्चा, पम्पेलेट, नमुना मतपत्र लगायत प्रचारका सामाग्रीको पनि प्रयोग गरिने भएको छ । मतपत्र छपाईमा ढिलाई हुँदा चुनाव आउँन तिन हप्ता बाँकी रहदा सम्म पनी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेको थिएन् । मतदाता शिक्षाको अभावमा सर्वसाधारण अन्यौलमा परेका छन् । दलहरुले तालमेल गरेर उमेद्वार उठाएकाले मतदातामा अलमल रहेको छ । आगामी निर्वाचनमा तिन वटा मतपत्र रहनेछ भने प्रत्यक्षतर्फ उमेद्वार नभएको दलको चुनाव चिन्न हुने छैन् । समानुपातीक तर्फभने निर्वाचन आयोगमा दर्ता भएका सबै दलको चुनाव चिन्ह रहनेछ ।

पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)को प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र हुनेछ । एउटै रहने समानुपातीक मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको लागि दलहरुको चुनाव चिन्ह हुने जनाइएको छ । प्रतिनिधिसभातर्फ १ र प्रदेशसभा तर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीको चुनावी मैदानमा उत्रिएका १३ जना उमेद्वार, दलका नेता र कार्यकर्ताले चुनाव प्रचारलाई तिब्रता दिएका छन् । ७२ मतदात स्थल रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् ।

सन्तोष गौतम