कृषि ,यातायात र पर्यटनको बिकास पहिलो प्राथमिकताः उम्मेदवार तुलाचन

  • २३ कार्तिक २०७४, बिहीबार
  • सुन्दर कुमार थकाली,
  • 5257 पटक पढिएको

मुस्ताङ आउँदो मंशिर १० गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र माओवादीकेन्द्रको संयूक्त बामगठबन्धनले दोश्रो चरणको चुनाबी घरदैलो अभियान सुरुआत गरेका छन् ।सो क्रममा बामगठबन्धन समर्थित सयौ कार्यकर्ता र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारले बिहिवार मुस्ताङ सदरमुकाम जोमसोममा मतदाताको घरदैलोमा पुगेर प्रतिबद्धता सहित आफु र आफ्नो पार्टीलाई सघाउन अनुरोध गरेका छन् । यसअघि समान्य रुपको मतदाता घरदैलो सुरु गरेको एमालेले पूनः दोश्रो चरणको घरदैलो अभियानलाई तिब्रता दिएको हो ।दोश्रो चरणको चुनाबी प्रचार प्रसार अभियान अन्तर्गत संयूक्त बामगठबन्धनका साझा उम्मेदवारले जोमसोममा चुनाबी माहोल तताएको छ।‘राजनितिक स्थिरताका लागि स्थाई सरकार ,बामगठबन्धन अबको सरकार’ नारा लिएर गठबन्धनले मतदातालाई सुसुचित गर्ने प्रयास गरेको छ ।

घरदैलो अभियानका क्रममा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका प्रसिद्ध निर्माण व्यवसायी प्रेम प्रसाद तुलाचनले मुस्ताङको कृषि,यातायात र पर्यटन क्षेत्रको बिकासमा पहिलो प्राथमिकता दिने बताएका छन्।उनले जिल्ला र प्रदेशको बिकासका लागि उत्तरतर्फको कोरलानाका खोल्न पहल गर्ने बताए ।‘बेनी —जोमसोम र जोमसोम कोरला सडकको आयोजना एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकाल भएको हो।माओवादीकेन्द्र र एमाले गठबन्धन सरकारमा सामेल थिए’उनले भने‘अब कोरलानाका खोल्न पनि बामगठबन्धनकै सरकारको आवश्यकता छ।बामगठबन्धनको जीत भए लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास हुँनेछ ।’ पछिल्लो समय मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक भित्रने क्रम बढेको बताउँदै उम्मेदवार तुलाचनले यहाँ भित्रने पर्यटकलाई शहज यात्राको सुविधा उपलब्ध गराउँन यातायातको सेन्डिकेट खारेज गर्न योगदान दिएको बताए ।मुस्ताङ जिल्ला पर्यटकीयदृष्ट्रिले बिश्वसामु प्रख्यात भएको उल्लेख गर्दे यहाँ आउँने पर्यटकको यात्रा शहज प्रदान गर्नका लागि यातायातको सञ्जाल बिस्तार हुँन आवश्यक भएको उल्लेख गरे ।उनले दामोदर कुण्ड र मानसरोबर धार्मिक दृष्ट्रिकोणले प्रसिद्ध छ ।तर यहाँको कठिन यात्राले पर्यटक उक्त स्थानमा जानसक्ने संम्भावना छैन ।यसको बिकासका लागि सडक गुरुयोजना निर्माण गर्न ध्यान केन्द्रित गर्नेछौ । उनले भने‘ मुस्ताङमा खनिजहरुको प्रचुर संम्भावना भएको जिल्ला हो ।यसको उत्खनन् र संम्भाव्यता अध्ययन सुरुआत गर्न अबको बामगठबन्धन सरकारले पहल थाल्ने बताए ।मुस्ताङलाई समृद्ध र बिकास गतिमा लैजान यहाँको जलश्रोत,कृषि,पर्यटन,यातायात र बनपैदावारको भरपूर उपयोग गर्न जरुरी छ ।यसो भएमा मात्र मुस्ताङवासीको जीवन स्तर उकास्न सकिन्छ ।दुरदराजका गाउँहरु अझै अन्धकार छन् ।यसका लागि ग्रामिण बिद्युतीकरण आयोजना पू¥याउँन सकिए यहाँको कृषि प्रविधिमा रुपान्तरण हुँने उनको भनाई छ । उनले जिल्लाका कुनाकन्दराहरुमा बैकल्पिक पदमार्ग बिस्तार गरेर पर्यटक भित्र्याउँन सकिने उल्लेख गर्दे तुलाचनले यसका लागि होमस्टेको संञ्चालन गरेर पर्यटन प्रर्वधन गर्न जोड दिने बताए ।।उपल्लो मुस्ताङमा सिचाईको समस्याले त्यहाँका जनताको जिवन स्तर कष्ठप्रद भएको छ ।जहाँ बोरिङ गरेर पानीको निकासको पहिचान गर्न सकिए कषि व्यवसायले नयाँ उचाई प्राप्त गर्नसक्ने उनको भनाई छ । त्यस्तै प्रदेश‘ख’ गठबन्धनका अर्का उम्मेदवार महेन्द्र बहादुर थकालीले कोरलानाका र धार्मिक ,सास्कृतिक र आर्थिक बिकासका लागि आफुले प्रदेशमा मुस्ताङको अगुवाई गर्ने बताए ।उनले मुस्ताङको तल्लोक्षेत्रको स्थानीयको आयआर्जनको श्रोत भनेको पर्यटन ,बीचको क्षेत्र कृषि र उपल्लोक्षेत्रको स्थानीयको आयआर्जन पशुपालन भएकाले यसको बिकास र प्रर्वधन तर्फ ध्यान दिईने उल्लेख गरे ।यहाँ धेरै जमिनहरु सिचाई अभावले अलपत्र रहेको उल्लेख गर्दे थकालीले सिचाईको बैकल्पिक श्रोत उपलब्ध गरेर कृषि व्यवसायलाई प्रोत्साहन गर्दे लग्ने उनको भनाई छ ।यहाँ उत्पादन भएको बस्तुहरुको बजारिकणका लागि संम्भावनाहरु खोजी गर्ने ,धार्मिक क्षेत्रको बिकास र प्राकृतिक श्रोतसाधनको उपयोग गरेर जिल्लालाई समृद्धिको बाटोतर्फ अग्रसर बनाईने बताए ।प्रदेश ‘ख’उम्मेदवार महेन्द्र बहादुर थकाली जिल्ला प्रशाससन कार्यालयमा ३० वर्ष सेवा गरेका व्यक्ति हुँन् ।उनी जनहित उच्चमाध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष,थाक खेलकुद तथा सास्कृतिक बिकास समितिको पूर्व संरक्षक,पूर्व रेडक्रस सदस्य,जिल्ला स्वास्थ कार्यालय जोमसोमको व्यवस्थापन समितिको अध्यक्ष र सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्ति हुँन् ।प्रदेश ‘क’मा गठबन्धनका तर्फबाट एमालेका ईन्द्रधारा बिष्ट चुनाबी प्रतिस्पर्धा छन् ।यसअघि मंगलवार नेपाली काग्रेसले समेत घरदैलो कार्यक्रम गरेको थियो ।नेपाली काग्रेसले लोकतान्त्रिक गठबन्धन गरेपनि मुस्ताङमा त्यसको प्रभाव परेको छैन ।

सुन्दर कुमार थकाली,