शिखमा वाम गठबन्धनको चुनाव प्रचार समिति

  • २३ कार्तिक २०७४, बिहीबार
  • 2101 पटक पढिएको

 

म्याग्दी, २३ कात्तिक । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बुधबार वाम गठबन्धनको चुनाव प्रचारप्रसार समिति गठन भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तालमेलसहित पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन विशन रानाको संयोजकत्वमा ४६ सदस्यीय प्रचार समिति बनाइएको हो ।

यसैगरी पाउद्वारमा प्रदीप तिलिजाको संयोजकत्वमा टोलस्तरको सेल कमिटी निर्माण गरिएको छ । त्यस्तै गाउँपालिका अन्तर्गत विभिन्न ठाउँमा अन्य ६ वटा सेल कमिटीहरु पनि बनाइएको छ । घारमा कृष्ण खड्काको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको बताइएको छ ।

नवगठित समितिहरुले वाम उम्मेदवारलाई जिताउन वडास्तरमा चुनाव प्रचारप्रसार गर्ने र अभियान सञ्चालन गर्ने जनाएका छन् । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सदस्य बुद्धि पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम जिल्ला सदस्य नारायण पुनले सञ्चालन गरेका थिए । अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलको विशेष उपस्थिति रहेको कार्यक्रम शिखका युवा विशन रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।