पुलाचौरबासीलाई गर्बुजाले भने, ‘तपाईको मत खेर जान दिन्नं’

  • २२ कार्तिक २०७४, बुधबार
  • 2207 पटक पढिएको

म्याग्दी,२२ कात्तिक । मंसिर १० मा हुने निर्वाचनको प्रतिनिधीसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले विकास र समृद्धिकै लागि आफु चुनाबी मैदानमा होमिएको बताएका छन् । प्रतिस्ठाको राजनीति गर्दै आएकाले आफुलाई दिईएको मतको कुनै दुरुपयोग नहुने र जनचाहना अनुसार विकास निर्माणका काम अघि बढाउने बताएका हुन ।

बुधबार पुलाचौरमा आयोजित लोकतान्त्रिक गठबन्धनको चुनाबीसभालाई सम्बोधन गर्दै गर्बुजाले भने, ‘हामीलाई दिनुभएको मत कुनै पनि हालतमा दुरुपयोग हुनेछैन ।’ ०७० सालमा काँग्रेस ठुलो पार्टी भएपछि देशले नयाँ संविधान पाएको र त्यसको कार्यान्वयनका लागि अहिलेको चुनाब हुने भएकाले संविधानसँग जोडिएको विकासको सपना काँग्रेससँग मात्रै रहेको दाबी गरे । आफु विजयी भए, कुनै पनि सरकारी सुविधा नलिने घोषणा दोहो¥याउँदै गर्बुजाले भने, ‘त्यसलाई अक्षयकोषको रुपमा राखिनेछ र शिक्षा तथा विकास निर्माणमा प्रयोग गर्नेछु ।’ केन्द्रीय बजेट ल्याउन उच्च तहमा आफ्नो सम्पर्क रहेको भन्दै उनले एकपटक जिल्लाको सेवा गर्ने अवसर दिने आग्रह समेत गरे ।

नेपाली काँग्र्रेसका पुलाचौरका नेता तेज प्रसाद बानियाँको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै निर्वतमान सांसद रेशम बानियाँले दुई कम्प्युनिष्ट सांसद भन्दा आफुले विकास निर्माणका काम र बजेट विनीयोजन गरेको दाबी गरे । ‘हाम्रो मूख्य कार्यभार संविधान लेखन थियो । त्यो पुरा ग¥यौ । त्यसका साथै जिल्लाको विकासमा अहिलेसम्म नगरेको काम मैले गर्न सफल भएँ’, उनले भने, ‘पुलाचौरमै १० लाख रुपैयाँ बराबरको खेलकुद मैदान बनाउन सफल भयौँ ।’

उनले लोकतान्त्रिक मोर्चाको विजयले मात्रै आफुले गरेका विकास निर्माणका योजना र अन्य योजनाले निरन्तरता पाउने बताए । कार्यक्रममा प्रदेश क का उम्मेदवार भीमप्रसाद गौचनले आफुल राज्यमन्त्री हुँदा काकाकुल पुलाचौर, डडुवा र घतानबासीले खानेपानी योजना ल्याएको दाबी गर्दै पुल पुलेसा, गोरेटो बाटो लगायतका क्षेत्रमा आफुले महत्वपूर्ण काम गरेको बताए । ‘राष्ट्रिय राजनीतिका कारण म र मेरो पार्टी केहि खुम्चिनुप¥यो तर, हाम्रो पालोमा हामी जति विकास कमैले गरेका छन्’, उनले भने, ‘ति कार्यलाई निरन्तरता दिन फेरि अब अन्तिम मौका दिनुस् ।’ कार्यक्रममा समानुपातिक उम्मेदवार विमला गौचन र त्रिलोकचन्द्र विश्वास विकले महिला तथा दलित अधिकारका बारेमा काँग्रेस मात्र खुल्ला रहेको भन्दै अन्यले भ्रमको राजनीति गरेको बताए ।

पुलाचौरका काँग्रेस नेता हेमबहादुर खत्रीले स्वागत गरेको कार्यक्रममा बेनी नगरपालिकाका मेयर एवँ काँग्रेस सचिब हरिकुमार श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष बीरबहादुर थापा, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल, नेपाली काँग्रेस म्याग्दीका सदस्य केवी भण्डारी, माधबप्रसाद रेग्मी, नेपाली काँग्रेस बेनी नगर समितिका सभापति अनोद श्रेष्ठ, नेपाली काँग्रेसका युवा नेता एवँ महाधिवेशन प्रतिनिधी भरत रकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा १८ जना दलित युवाहरु काँग्रेस प्रवेश गरेका थिए । उनीहरुलाई काँग्रेस सभापति एवँ उम्मेदवार गर्बुजा लगायतले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन काँग्रेस जिल्ला सदस्य अमृतदेवी बानियाँले गरेकी थिइन् ।