साँक्षी राखी पिपलु र बर बजारमा (भिडियो सहित)

  • २० कार्तिक २०७४, सोमबार
  • 4891 पटक पढिएको

म्याग्दी, २० कात्तिक । लोक गायक ललित रावतले लोकदोहोरी गित बजारमा ल्याएका छन् । रावतको पहिलो लोकदोहोरी एल्बम ‘साँक्षी राखी पिपलु र बर’ बोलको लोकगिती एल्बमलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।     बलबहादुर परियारको शब्द संकलन रहेको गितमा जुजु गुरुङले एरेन्ज गरेका हुन् ।

गायक रावत र गायीका र गायीका बविता थापा मगरको स्वर रहेको गितको म्युजिक भिडियो बेनीको क्रियटिम मिडियो प्रोडक्सनबाट बजारमा ल्याईएको हो ।

सो म्युजिक भिडियोमा नव कलाकार बलबहादुर परियार, सनदेवी किसान र राजकुमार बानियाँले अभिनय गरेका छन् । युवा निर्देशक भूपेन बानियाँको निर्देशन र सम्पादनमा तयार पारिएको म्युजिक भिडियोमा विशाल गोतामेले सह छाँयांकनको भूमिकामा रहेका छन् ।

बेनीमा क्रियटिम मिडिया प्रोडक्स्न सञ्चालन गरेका निर्देशक बानियाँ पछिल्लो समय जिल्लामा म्युजिक भिडियो निर्माणको क्षेत्रमा सक्रिय छन् ।