पुरुण्डीमा बाम गठबन्धनको कार्यकर्ता तथा जनभेटघाट

  • १९ कार्तिक २०७४, आईतवार
  • 2317 पटक पढिएको

म्याग्दी, १९ कात्तिक । बेनी नगरपालीका ५ पुरुण्डीमा आईतबार एमाले माओवादीको बाम गठबन्धनको चुनाव प्रचार अभियान अन्तरगत कार्यकर्ता तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

बाम गठबन्धनका युवा विद्यार्थी नेता अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलको उपस्थितीमा एमाले माओवादीका स्थानीय कार्यकर्ता र स्थानीय बासिन्दाहरुबीच आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीको विषयमा छलफल भएको थियो ।


दलित समुदायको बाहूल्य बसोबास रहेको पुरुण्डका मतदाताहरुले दलित समुदायको उत्थानमा महत्वपूर्ण योगदान गरेका एमाले र माओवादीबीच तालमेल र पार्टी एकताको खबरले उत्साहीत भएको स्थानीय बिनोद परियारले बताउनुभयो । उनिहरुले सचेत भएर पैसाको प्रलोभनमा नपरी पार्टी, निती, कार्यक्रम र विगतको योगदानको आधारमा मतदान गर्नुपर्ने बताएका थिए ।