बाम गठबन्धनको मराङमा आमसभा : “मतलाई पैसामा बेच्दा जनताले दुख पाउँछन्”– थापा

  • १९ कार्तिक २०७४, आईतवार
  • सन्तोष गौतम
  • 5816 पटक पढिएको

म्याग्दी, १९ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत एमाले र माओवादी केन्द्रले आईतबार धौलागिरी गाउँपालीका ६ मराङमा आमसभा गरेका छन् ।आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले व्यक्ति, जात, धर्म, सम्प्रदाय भन्दा पनी पार्टीले विगतमा गरेका काम, निती तथा कार्यक्रम र घोषणापत्रको आधारमा मतदान गर्न आग्रह गर्नुभयो ।

निती निर्माण तहमा गलत व्यक्ति पुग्दा त्यसले देश र समाजले ठूलो असर गर्नेतर्फ सचेत हुन आग्रह गर्दै एमालेकी समानुपातीक उमेद्वार समेत रहनुभएकी थापाले मताधिकारलाई पैसामा बेच्दा जनतालेनै पछि दुख पाउने अवस्था आउने बताउनुभयो । नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्र थापाले एमाले र माओवादीबीच भएको चुनावी तालमेल पार्टी एकताको प्रक्रिया भएको बताउँदै जनतालाई अनावश्यक आश्वासन नबाँड्ने र जनतासंग गरेको प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।

आफ्नो गाउँ आफै बनाउँ, सामाजिक सुरक्षा भत्ता, युवा स्वरोजगार, सडक फराकीलो बनाउने जस्ता जनपक्षिय काम गरेको बामपन्थी नेतृत्वको सरकारले बैदेशिक हस्तक्षेपको बावजुद संबिधान जारी गर्ने, भारतले नाकाबन्दी लगाउँदा समेत बामपन्थी नेतृत्वको सरकारले घुडा नटेकेको स्मरण गर्दै थापाले अझै जनपक्षिय काम गर्न एमाले माओवादीको गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । प्रदेशसभा क्षेत्र (ख)का एमालेका उमेद्वार नरदेवी पुनले संबिधानको कार्यान्वयन, गणतन्त्रको रक्षा, विकास र सम्बृद्धीका लागि बाम गठबन्धन बनेको बताउनुभयो । दरवाङ–बिम–मराङ–मल्कवाङ–पाखापानी–झिँ–पात्लेखेत–घतान बेनी चक्रिय सडक निर्माणलाई बाम गठबन्धनले प्राथमिकता दिने उमेद्वार पुनले बताउनुभयो ।

नेकपा एमालेका पुर्व सांसद नवराज शर्मा, माओवादी केन्द्रका नेता टेकबहादुर विश्वकर्मा, माओवादी केन्द्रका खुमनाथ सुवेदीले काँग्रेसले अपनाएको संसदीय व्यवस्थाका कारण नेपालमा छिटो छिटो सरकार परिवर्तन भैरहने भएकाले त्यसको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था बनाउन बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष अमर पुनको अध्यक्षता र वडा अध्यक्ष राजाराज सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्याल, कार्यपालीका सदस्य देउप्रसाद छन्त्यालले मन्तब्य व्यक्त गर्नुभएको थियो भने कलाकारको टोलीले जनवादी गित र नृत्य प्रस्तुत गरेका थिए ।

 

सन्तोष गौतम