लोकदीप सहकारीको चौंथो वार्षिक साधारणसभा

  • १९ कार्तिक २०७४, आईतवार
  • 2261 पटक पढिएको

म्याग्दी, १९ कात्तिक । बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको शनिबार चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ४ सय ६५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ६८ लाख पाँचहजार एकसय रुपैयाँ रहेको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले उत्पादनमुलक क्षेत्रमा सहकारीहरुले लगानी बढाउनुपर्नेमा जोड दिए ।

साधारणसभाको अवसरमा स्वास्थ्य बिमा कार्यक्रमका म्याग्दी जिल्ला प्रवन्धक अर्जुन पण्डितले स्वास्थ्य बिमा र बिमापछि उपलब्ध सेवाको बारेमा जानकारी गराएका थिए । साधारणसभमा संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै सहकारीका प्रवन्धक नेत्रराज सुवेदीलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको छ । यसैगरी संस्थाले उत्कृष्ट कारोबार गरेकोमा जुनकिरी रकाल, खुत्रुके बचततर्फ रेम्सा श्रेष्ठ र बचतकर्ता अमिसा शर्मालाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरेको छ ।

साधारणसभामा संस्थाका सचिव ओमप्रसाद शर्माले प्रगति, कोषाध्यक्ष प्रमिला जोशी श्रेष्ठले आर्थिक र लेखा सदस्य लक्ष्मण शर्माले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका उपाध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, सचिव ओमप्रसाद शर्माको सञ्चालन र सदस्य अर्जुन पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार नैनकुमार श्रेष्ठ र शेयर सदस्य विष्णु गौतम सापकोटाले मन्तव्य राखेका थिए ।