ज्यामरुकोटमा वाम गठबन्धनको चुनाब प्रचारप्रसार समिति

  • १९ कार्तिक २०७४, आईतवार
  • 2049 पटक पढिएको

म्याग्दी, १८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा शनिबार वाम गठबन्धनको संयुक्त भेला सम्पन्न भएको छ । भेलाबाट भीमबहादुर रिजाल (राजु) संयोजक र सन्दीप कार्की सहसंयोजक रहेको २१ सदस्यीय चुनाब प्रचारप्रसार समिति गठन गरिएको छ ।


भेलालाई नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमिरे, एमाले जिल्ला सदस्य एवं बुद्धिजीवी परिषद इन्चार्ज किरण सापकोटा, ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापा र माओवादीका वडाध्यक्ष कृष्ण कार्कीले सम्बोधन गरेका थिए ।

उक्त भेलालाई सम्बोधन गर्दै उनीहरुले नेपाली जनताको चाहना र देशको आवश्यकता अनुसार वाम तालमेल र पार्टी एकताको सहमति भएको बताएका छन् । नेताहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट बामपन्थीहरुले दुई तिहाई मत ल्याउने र देश निर्माणको नेतृत्व गर्ने भएको हुँदा वाम गठबन्धनको पक्षमा मतदान गर्न वडावासीलाई आग्रह गरेका थिए । वाम गठबन्धनले गाउँगाउँमा उत्साह छाएको जिल्ला सदस्य सापकोटाले बताए ।