दरवाङमा रक्तदान कार्यक्रम

  • १८ कार्तिक २०७४, शनिबार
  • 3106 पटक पढिएको

म्याग्दी, १७ कात्तिक । मालीका गाउँपालीका ६ दरवाङमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ दरवाङ, लियो कल्व अफ दरवाङ र पश्चिम म्याग्दी युवा कल्वको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।नेपाल रेडक्रस सोसाईटीद्धारा बेनीमा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित शिवीरमा २२ जनाले रक्तदान गरेका छन् ।

लायन्स कल्व अफ दरवाङ म्याग्दीका अध्यक्ष याममती रोकाको अध्यक्षता, सचिव मालवती थापाको सञ्चालन र पश्चिम म्याग्दी युवा कल्वका अध्यक्ष खिम पुनको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका, लायन्स कल्वका सल्लाहकार चन्द्रकुमार केसी, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक राजेन्द्र पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लायन्स र लियो कल्वले दरवाङ बजारमा सरसफाई, पहिरो, आगोलागी पिडितलाई सहयोग गर्ने लगायत सामाजिक कार्य गर्दै आएका छन् ।