निर्वाचन पछि बामपन्थीको सरकार !

  • १६ कार्तिक २०७४, बिहीबार
  • सुदिन पौडेल
  • 4825 पटक पढिएको

निर्वाचनको मिति नजीकिएसंगै आगामी सरकार बारे समेत चासो र चिन्ता बढीरहेको छ । देशमा अहिले मुख्य तीन शक्ति नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र फरक फरक धारमा रहँदा आगामी सरकार फेरी पनि अस्थिर बन्ने निश्चित थियो । तर नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता गर्ने सहमती सहितको चुनाबी तालमेलले भने अब मुलुकलाई अस्थिर राजनीतिबाट स्थायी सरकारको ग्यारेन्टी तर्फ लगेको छ ।

यसअर्थमा यस निर्वाचनले नेपालि जनतालाई साच्चिकै भाग्यमानी बनाएको छ । किनकी स्थानीय तह निर्वाचनमा पहिलो बनेको नेकपा एमाले र तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको एकताले अब नेपालमा कम्युनिष्टहरुको सरकार बन्ने निश्चित गरेको छ । नेपाली जनाले हिजो राणा शासन भोगे , राजाको शासन ब्यबस्था पनि भोगे , र फरक फरक नेपाली पाटिहरुको शासन ब्यबस्था समेत भोगे जनताले ।

तर पनि नेपाली जनताको जनजिबिकाको सबालमा भने कत्ति पनि सुधार भएन, मुलक समृद्धितर्फ जाँनै सकेन । जनता राजनैतिक पाटि हरु प्रति विश्वास राख्न समेत नसक्ने अबस्थामा पुगेका छन् । नेपालमा कम्युनिष्ट शक्तिहरु र प्रजातान्त्रिक शक्ति हरुले लामो समय सत्ता सन्चालन गरिरहे । अझ धेरै पटक महान १० बर्र्षेे जनयुद्ध र यसैको बलमा भयकोे जनआनदोलन पश्चात्त कम्युनिष्ट सरकार ६ पटक सम्म बन्यो। तर यो सबै कम्युनिस्टहरुको सरकार मात्रै भने बनेनन् । काँग्रेस संगको सहकार्यमा बनेका ती सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेपनि अन्य सरकारको तुलनामा धेरै सुधारका काम भने पक्कै गरे ।

धातु हरु नमिले जस्तै बिचार हरु नमिल्ने सङगको तालमेल बाट बनेको सरकार भयकाले धेरै राम्रो कुरा गर्न नसकेपनि केही राम्रो काम कुरा भने भयनै । यसरी उदेश्य एउटै। बाटो एउटै । लगभग बिचार एउटै । एउटै खेलकुद मैदानबाटर एउटै गन्तव्यमा उभिदै आएका बामपंथी बिचार राख्ने पाटिहरु यकजुट भयको सुन्दा साच्चिकै नेपाली जनता धेरै खुसि छन् । अहिले निर्वाचनको माहोलमा गाउँ गाउँमा पुग्दा घरघरमा गाउँ गाउँमा खुसि देखिन्छन् जनता ।

जनता अब साच्चिकै कम्युनिस्ट हरु एक भयर सत्ता सञ्चालन गरेको हेर्न आतुर छन् । अस्थीर सरकारको खेललाई अन्य गर्दै पाँच बर्षे कार्यकालसम्म बामपन्थीहरुको सरकार निर्माण हुने सुनिश्चित भएपछि अहिले गाउँ गाउँमा चुनाब प्रसार प्रसारमा समेत बामगठबन्धन प्रति जनताको उत्साह बढेको छ ।छोटो समयसम्म सरकारको नेतृत्व गर्दा बामपन्थी सरकारले गरेका लोकप्रिय  कार्यहरुले जनतामा विश्वास बढाएको छ। अझ भनौ नेपालको समृद्धि र विकासको नेतृत्व बाम सरकार विना सम्भब नै छैन् । किनकी विगतमा प्रजातान्त्रिक शक्तिहरुले बर्षौसम्म सरकार सञ्चालन गर्दा समेत मुलुकलाई आर्थिक समृद्धि तर्फ भन्दा उल्टो दिसातर्फ लगेको सबैलाई जगजायर नै छ ।
लेखक अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य हुन् ।

सुदिन पौडेल