‘के काम गाई पालेर’ (भिडियो सहित)

  • १५ कार्तिक २०७४, बुधबार
  • 4973 पटक पढिएको

म्याग्दी, १५ कात्तिक । म्याग्दीको साँगेतिक क्षेत्रमा आफुलाई चिनाउन सफल गायक सञ्जन बोहोराले नयाँ मौलिक रोइला भाकाको गीत बजारमा ल्याएका छन् । उनले गायीका मनमायाँ घर्तिसंग साझेदार गरि मौलिक बोलको ‘के काम गाई पालेर’ रोईला भाकाको गित बजारमा ल्याएका हुन् ।

सो एल्बमको म्युजिक भिडियो समेत युट्युबबाट बजारमा ल्याईएको छ । म्युजिक भिडीयोमा परम्परागत भेषभुषा र ग्रामिण परिबेशलाई समेटिएको बोहोराले बताए । बोहराको लय तथा शब्द संकलन रहेको सो गितमा गायक बोहरा र गायीका घर्तिले स्वर दिएका छने । एकेन्द्र शारा संकरले निर्देशन गरेको सो गितको म्युजिक भिडियोमा गायक समेत रहेको मोडल बोहरा र पूर्णिमा विसी लगायतले अभिनय गरेका छन् ।

नेपाली साँगेतिक क्षेत्रमा फरक स्थान बनाउन सफल रोईला भाकामा पहिलो एल्बम तयार गरेका गायक बोहराले मौलिक कथाबस्तुमा तयार गरिएको सो गितलाई धेरैले मन पराउने विश्वास व्यक्त गरे । रेडियोकर्मी संगै साँगेतिक क्षेत्रमा प्रवेश गरेका बोहरा अहिले काठमाण्डौमा रहेर साँगेतिक क्षेत्रमा क्रियाशिल छन् । उनले यस अघि विभिन्न लोकगितहरु समेत बजारमा ल्याईसकेका छन भने विभिन्न एल्बमहरुमा मोडलिङ समेत गरिसकेका छन् ।