मरणआयाम

  • १५ कार्तिक २०७४, बुधबार
  • सागर खत्री
  • 3123 पटक पढिएको

आस सास र तमास सबै मरेर
मङ्स मात्र बाकी रहयो भने
मेरो शरीर मा

नझार्नु बलिन्धारा आँसु
नगाउनु मेरा गुनहरु
म सङै कहाँ मर्छ्न मेरा कर्तुतहरु
यहाँ उतिकै बाच्न पाउन मेरा बैगुनहरु

मेरा उचाइ सग जलेका जलनहरु
या मेरा गहिराइ मा मरेका मरणहरु
केही मलामले त केही मलामिले
निको हुनेछ्न सारा म दुख्नुका कारण हरु

नराम्रा कामहरुले न नर्गिय
न त राम्रा कामहरुले स्वर्गिय
नराम्रो त म खरानी बन्ने छु
अनि रामो म धुवा तेसैले त
पर्दैन म पछि मेरो अगि स्वर्गिय

बाच्दा रुवाउने हरु वा मर्दा रुनेहरु
बाच्दा बिर्सने हरु या मरेपछी सम्झनेहरु
बाच्दा पोल्नेहरु या मरेपछी जलाउनेहरु

म सङै मर्दैन मेरा नाता हरु
म सङै मर्दैन मेरो तस्बिर्हरु
न मर्छ्न नै मेरा यादहरु
सिदिएलान उक्किएर पन्न्ना
जिन्दगिका तर म सङै मर्दैन्न
मेरा गाथाहरु

प्राण लुप्त काणा जस्तै निर्जीव
बन्दा म न अरपाउनु फुलका हङ्गाहरु
जल्नु छ मलाई मेरा यथार्थ सङै
पर्दैन कात्रा चाहिदैन दिया बाती
चाहिदैन ती महँगाहरु

म तसित्तैमा मरेको उदारो मान्छे
चाहिदैन ती महङगाहरु

हिजोआत्मा मारेर शरीर बचाएको थिए
आज शरीर मारेर आत्मा बचाएको छु
बाच्ने त आखिर आधा मात्र हो
हिजो पनि त बाचेको थिए आज पनि त
बाचेको छु ।

सागर खत्री
रचनाकारः रघुगंगा गाउँपालिका २ राखु भगवतीका हुन
हाल पिएन क्याम्पसका विद्यार्थी हुन् ।

 

सागर खत्री