म्याग्दी क्याम्पसमा अनेरास्ववियूको प्यानल बिजयी

  • १९ फाल्गुन २०७३, बिहीबार
  • धिरन खत्री
  • 3313 पटक पढिएको

म्याग्दी, १९ फागुन । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बुधवार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियू बिजयी भएको छ । ४७७ मतदाता मध्ये ४३५ मत खसेको निर्वाचनमा अनेरास्ववियुकी सावित्रा खत्रीले २०४ मत ल्याएर स्ववियु सभापती पदमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धि नेविसंघका हरिकृष्ण आचार्यले १२१ र अखिल क्रान्तिकारीका सुदिन पौडेलले ८७ मत प्राप्त गरेका छन् ।

344

निर्वाचनमा अनेरास्ववियूले सभापती सहित पत्येक्षतर्फका सबै पदमा बिजयी भएको छ । स्ववियु निर्वाचनबाट सचिब पदमा २०८ मत ल्याएर दलबहादुर रोका र कोषाध्यक्षमा २२३ मत ल्याएर दिनेश सुवेदी निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा रश्मी रोका मगर, सृजना घर्तिमगर, भावना क्षेत्री, शुष्मा खत्री, कर्णबहादुर मल्ल र स्वस्तीका नेपाली बिजयी भएका छन् ।16939235_1953659231523945_7838689443110087838_n

त्यस्तै निर्वाचनमा समानुपातीक तर्फबाट उपसभापतीमा अनेरास्ववियूका इश्वर सुवेदी, सहसचिबमा अनेरास्ववियुका मिलन खत्री छनौट भएका छन् । त्यस्तै समानुपातीक तर्फबाट सदस्यहरुमा अनेरास्ववियुका शुष्मा पाईजा, नेविसंघबाट राकेश शर्मा, दामोदर शर्मा र अखिल क्रान्तिकारीको तर्फबाट रेशम केसी चयन भएका छन् ।

यसैबिच नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत रेशाकौशल रेग्मी, क्याम्पस प्रमुख टिकाराम सापकोटा लगायतले प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गरेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l