मन

  • १२ कार्तिक २०७४, आईतवार
  • सुमन हुलाकी
  • 2897 पटक पढिएको

शरीरलाई कोठामा कैद गर्न सकिन्छ तर मनलाई ??
शरीरलाई डोरिमा बाध्न सकिन्छ तर मनलाई ??
साच्चै मन आफैमा
स्वतन्त्र छ ,
बेलगाम छ ,।

लाग्छ सिमलको भुवा हो
मन
यो साहिला बाजेको ठेगान नभयको
गोर्खे लौरी हो
लाग्छ मन मेरि ३ बर्से छोरिको
कोमल ताते ताते गर्नु पर्ने पाउ हुन ।।

 

आकासबाट खसेको तारा
हेर्दा फुरुङ हुने यो मन
ताराहरुको आकृती देख्दा पनि
खुब रमाउछ आजकल ।।

हिड्दा ,
बोल्दा ,
हास्दा ,
रुदा ,
अनि अनेक सम्बेदनाहरुमा
हेरेक सम्बन्धलाई
हार्दिक समबेदना दिन पनि
पछि पर्दैन यो मन।।

दुनियाले हासोलाई नै
हसाइरहेको बेला
निरास हुन्छ यो मन!!

कहिलेकाहीँ
शोकको समुन्द्रमा डुबेको यो
सोकाकुल दुनिया देख्दा
खित्का छोडेर हासी दिन्छ
यो मन।

बिना भिजा
विभिन्न बिश्वोको भर्मड अर्छ ,
बिना अनुमती कसैको मनमा प्रबेस गर्छ ,
नसोधिकन फुलको योबनसङ खेल्ने गर्छ ,
आखिर हावा न हो यो
बहन कस्को अनुमती चाहियो र?

मन मलाइ भन्दै छ ।।।
मन:: यो चार प्रखाल भन्दा बाहिर पनि
संसार छ ।
सुन्दर संसार।।
जहाँ फुल र भमरा हरु छ्न ।।
बगान छ्न ,,

जोडी हरु छ्न
तेरो सपना भन्दा अग्ला पहाड छन
तैले सुनेको मन भन्दा पबित्र मन्दिरहरु छ्न
हिमाल छ्न सेतो हिम पछेउरी ओढेका
अनि
छन
लेक र बेसि ,
झर्ना र ताल ,
फुल र भमरा ,

मन भन्दै जान्छ !!
ल हिड आफुमै बाधियेको
जन्जिरको
कैदी म देखाउछु सन्सार तलाइ ।।।
ल हिड ।

म एकछिन मौन हुन्छु !!
अनि भन्छु !!
सुन न
तिमी निर्धक्क जाउ
अगाडिको द्वार बाट
म पछाडिको ढोका बाट आउछु
एक्छिन फुकाल्नु छ
भबिस्य नामक त्यो
कालो पट्टि
म फुकालेर आइहाले ।।
तीमि मलाइ तेहि तीनकुने
मा कुर्नु ।।

मन उडिसक्यो म
तपाईंसङ गफिदै छु
अहिले रिसाउछ उ फेरि
ल म गय ।।
वाइ, आफ्नो ख्याल राख्नु ल !!

सुमन हुलाकी

ठेगनाः रघुगंगागाउँपालिका २ राखुभगवती
हालः भक्तपुर

मितिः२०७४÷७÷१२

सुमन हुलाकी