रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्नुपर्ने भन्दै निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी

  • १८ फाल्गुन २०७३, बुधबार
  • कमल खत्री
  • 5518 पटक पढिएको

1

म्याग्दी, १८ फागुन । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न दबाबमुलक आन्दोलनको घोषणा गरिएको छ । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् ।

2

रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समिती म्याग्दीको बुधवार बेनीमा बसेको सर्वदलिय सर्वपक्षिय भेलाको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय र जिल्ला विकास समितिमा तालाबन्दि गरिएको छ । पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसका प्रतिनिधिहरु सम्मिलीत टोलिले गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै विरोध स्वरुप दुई कार्यालयमा तालाबन्दि गरेका थिए ।

3

सरोकार समितिले उठाएको आन्दोलनमा जिल्लामा क्रियाशिल राजनितीक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेताहरुले समेत एक्यबद्धता जनाएका छन् । गाउँपालिकामा समावेश भएका गाविसहरुको प्रशासनिक सुगमता र भौगोलिक बनावटका साथै बस्ती विस्तारको सम्भाबनाले मौवाफाँटलाई केन्द्र बनाउन पटक पटक सम्बन्धित निकायमा ध्यानकर्षण गराएपनि सुनुवाई नभएपछि चरणबद्ध संघर्षका कार्यक्रम सहित आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिका बालकृष्ण सुवेदीले बताउनुभयो ।

4

उहाँले मौवाफाँटलाई केन्द्र बनाउन चिमखोला, दग्नाम, पिप्ले, भगवती र बेगखोला गाविसबासी सहमत भएको अबस्थामा समेत आयोग र सरकारले बहुसंख्यक जनातालाई शास्ती हुने गरि निर्णय गर्नु गैरजिम्मेबारपन भएको भन्दै निर्णय नसच्याएसम्म कडा आन्दोलन हुने बताउनुभयो ।

नागरिकलाई सुविधा भन्दा बढी सास्ती हुने गरि गाउँपालिकाको केन्द्र तोकिनु गम्भिर लापरबाही भएकाले त्यस्तो निर्णय सच्याउनका लागि प्रभावित पाँच गाविसको कामकाज ठप्प पार्नुको साथै विहिवार देखि रघुगंगा गाउँपालिकाले समेट्ने बेनी–जोमसोम सडक अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेको संघर्ष समितिका विनोद केसीले बताउनुभयो । उहाँका अनुसार विहिवार प्रभावित क्षेत्रका बासिन्दाहरुले बेनीमा प्रदर्शन समेत गर्नेछन । अनिश्चितकालिन आयातात बन्दको लागि बुधवार साँझ एक घण्टा उक्त सडक खण्डमा साँकेतिक रुपमा चक्काजाम गरिएको छ ।

5

संघर्ष समितिले यस अघि जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाईसकेको छ भने मन्त्रालय र प्रधानमन्त्रीको समेत ध्यानकर्षण गरिसकेको छ । जायज मागहरु सम्बोधन नभएकाले चरणबन्द आन्दोलनमा उत्रियका स्थानीयले आफ्ना मागलाई बेवास्ता गरि यथास्थितीमा आगामी निर्वाचन गर्न खोजीयमा त्यसको शसक्त प्रतिवाद गर्दै आम नागरिकबाट निर्वाचन बहिस्कार तथा अबज्ञा गर्ने निर्णय गरेको संघर्ष समितिका केवि भण्डारीले बताउनुभयो ।

प्रस्तावित रघुगंगा गाउँपालिकामा समावेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गरि बहुमत ८० प्रतिशत भन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने पाँच गाविसहरुले समेत मौवाफाँट केन्द्र बनाउनु उपयुक्तहुने भन्दै लिखित सहमती गरि सिफारिस गरिसकिएको अबस्थामा आयोगले प्रस्तावित गाउँपालिकाको बहुसंख्यक जनताको भावना विपपरित केन्द्र तोकेका हुँदा आन्दोलन गर्नुपरेको उहाँको भनाई छ ।

समितिले सरोकारवालाहरुलाई बुझाएको ज्ञापन पत्रमा मौवाफाँटलाई केन्द्र बनाउने क्रममा रघुगंगा खोला पारिका झिँ र पाखापानी गाविसका नागरिकलाई बाध्य र अप्ठ्यारोमा नपारी बहुसंख्यक नागरिकलाई सहजता प्रदान गर्न अन्य बिकल्पहरु मर्फत बिशेष अधिकार दिई ति गाविसका नागरिकलाई व्यवस्थापन गर्न सुझाब दिएको छ ।

‘‘अहिलेको भौगोलिक बनावट अनुसार, रघुगंगा गाउँपालिकामा समाबेश गरिएका गाविसहरु मध्ये पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला र कुइनेमंगले गाविस एउटै भूवनोटमा अबस्थिति रहेका छन्, ति सबै गाविसबासिको केन्द्र मौवाफाँट हुनु बैज्ञानिक छ, यि गाविसको विकास मोडल, प्राकृतिक स्रोत उपयोग, बाटोघाटो, पानी ढलो, साँध सिमाना, बनजंगल, खोलानाला, चरिचरनमा आपसी सहयोग र सहकार्य हुँदै आएको छ, यसलाई विभाजन गर्न मिल्दैन, ज्ञापन पत्रमा भनिएको छ । ’’

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l