धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत

  • ११ कार्तिक २०७४, शनिबार
  • 2715 पटक पढिएको

धादिङ–  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३०  पुगेको छ ।
अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको  जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले जानकारी दिए ।

मृतकमध्ये १२ जनाको खनाखत भएको छ  । सनाखत भएकाहरूमा बोदे बर्साइन ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरआका २४ वर्षका रामान्द यादव,  सप्तरी नेरआकी २५ वर्षकी पार्वती र ३ वर्षका सुशन चौधरी , सहचालक देउराली मरुवाका नरेश मुखिया, राजविराज नगरपालिका १६ का ७४ वर्षकी चन्द्रावती झा, सिरहा गोलबजार ८ का ५० वर्षका राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुर, सप्तरी तिलाठी ६ की ३५ वर्षकी सिटीकुमारी झा, तिलाठी ३ का ३८ वर्षका रञ्जितकुमार झा, तिलाठी १ का ३३ वर्षका मञ्जितकुमार झा र बोदे बर्साइन २ का ६ वर्षका आदित्य यादव रहेका छन् ।

दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

घाइतेहरुमा सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर  अमन ठाकुर , श्रवण कुमार ठाकुर , उद्धब ठाकुर , सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी , दुर्गा नन्द यादब , नितिदिता चौधरी , सुगम चौधरी, सन्तोश सरदार ,  बिहार मधुवनका मनोज ठाकुर , गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा  सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब रहेका छन् ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको बताइएको छ ।

राजविराजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको बसआज बिहान त्रिशुलीमा खसेको थियो ।

source; ratopati