बाम गठबन्धनले बरंजाबाट सुरु ग¥यो संयुक्त चुनाव प्रचार अभियान

  • १० कार्तिक २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 3223 पटक पढिएको

बेनी १० असोज । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रले शुक्रबार मंगला गाउँपालीका ३ र ४ मा पर्ने बरंजाबाट संयुक्त चुनावी प्रचार अभियान सुरु गरेका छन् ।बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र प्रदेशसभा क्षेत्र नम्बर २ की उमेद्वार नरदेवी पुन सहित एमाले माओवादी नेता कार्यकर्ता सम्मीलीत टोलीले मंगला गाउँपालीका ५ किमचौरमा पनी शुक्रबारनै चुनावी आमसभा गरेका छन् ।

आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उमेद्वार थापाले नेपालमा राजनितिक स्थिरता, राष्ट्रियताको रक्षा, संबिधानको पूर्ण कार्यान्वयन, विकास र सम्बृद्धीका लागि बाम तालमेल र एमाले माओवादीबीच पार्टी एकता गर्ने सहमती भएको बताउनुभयो ।उहाँले नेपाली काँग्रेसले अपनाएको संसदीय व्यवस्थाका कारण नेपालमा नौ नौ महिनामा सरकार फेरीरहने अवस्थाको अन्त्यका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।


प्रदेशसभा क्षेत्र नम्बर २ का उमेद्वार नरदेवी पुनले आफू राज्य मन्त्री हुँदा बेनी दरवाङ सडक कालोपत्रेका लागि डिपीआर, तातोपानी पखेर र बाबियाचौर अर्मन जोड्ने मोटरेबल पुल निर्माणका लागि पहल गरेको र सो योजना कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।उहाँले प्रदेशको निती निर्माणमा महिला र म्याग्देलीको भावनाको प्रतिनिधित्वसंगै सामाजिक परिवर्तन र विकासलाई गति दिन आफू जनतामाझ आएको बताउँदै पैसाको प्रलोभन र भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेल र एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विगतका तित्ततालाई बिर्सीएर भावनात्मक एकताका साथ सहकार्य गरेर चुनाव प्रचारमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । विगतको परिणाम, एमाले र माओवादीले म्याग्दीको विकासका लागि गरेको योगदान र बलीयो संगठनका कारण तिन वटै सिट जित्ने दावी गर्दै उच्च मनोवलका साथ प्रचारमा जुट्न आग्रह गर्नुभयो ।
मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता, मंगला ३ का वडा अध्यक्ष कविन्द्र रोकाको स्वागत र माओवादी केन्द्रका जिल्ला सदस्य याम रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कलाकारको टोलीले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरी बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ का उमेद्वार माओवादी नेता बिनोद केसी, एमाले नेता सन्तोष रावल, कुलबिर राम्जाली, वामपन्थी युवा नेता रेशम जुक्जाली, वुद्धी पुन, माओवादीका सुवास बिक, सुदिन पौडेल, रिम कटुवाल, ओमप्रसाद फगामी लगायतको टोलीले अन्नपूर्ण २ भुरुङ तातोपानीमा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । भुरुङ तातोपानीमा मनबहादुर गर्बुजाको अध्यक्षतामा १३१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ ।

सन्तोष गौतम