मतपत्र दुइटै छ, निर्वाचन सर्दैन : केपी ओली

  • ९ कार्तिक २०७४, बिहीबार
  • 1879 पटक पढिएको

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले मतपत्रको विषयलाई लिएर निर्वाचन सार्न नमिल्ने बताएका छन् ।

एमाले माओवादीले बिहिबार गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दलहरुकै सहमतिमा एउटै मतपत्र  बनाउने सहमति भएको भन्दै मतपत्रलाई लिएर बाहिर आएका समचारहरु आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् । अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भने, ‘कुनै हालतमा निर्वाचन सर्दैन । निर्वाचन नै नसर्ने हुनाले त्यसपछि के हुने भन्ने कुरा भन्न जरुरी भएन ।’

अध्यक्ष ओलीले जनतामा सार्वभौमसत्ता कायम रहेको पनि बताए । उनले सरकारले निर्वाचन सार्ने चलखेल गरिरहेको भन्ने समचारले जनमानसमा अन्योल सिर्जना भएकाले सबैको ध्यानाकर्षण गर्न पत्रकार सम्मेलन गर्नुपरेको पनि बताए ।

उनले भने ‘मतपत्र दुईटै छ । दुईवटा मतपत्र संविधान बमोजिम नै तय गरिएको हो । त्यसैले अहिले स–साना कुरामा अल्झिने कुरा छैन ।’

ओलीले मतपत्र दुईवटा चाहियो भनेर सर्वोच्चमा निवेदन दिने निवेदक सत्तापक्षीय पार्टीकै सहमहामन्त्री भएको र मानहानी भएको भन्नेकुराहरु गलत रहेको धारणा राखे । उनले लोकतान्त्रिक प्रक्रियालाई अवरोध गर्न जो कसैले खोज्छ भने नेपाली जनतालाई त्यो कदापी स्वीकार्य नहुने चेतावनी पनि दिए ।

पत्रकार सम्मेलनमा ओलीले लोकतन्त्र कसैले किस्तीमा दिएर नपाएको भन्दै जनताको बलिदानबाट पाएको लोकतन्त्रलाई कसैको लहडमा चलाउन नमिल्ने बताए ।

source; ratopati