मुस्ताङमा आठ जनाको उमेद्वारी

  • ५ कार्तिक २०७४, आईतवार
  • निरज थकाली
  • 2043 पटक पढिएको

मुस्ताङ ५ कात्तिक  आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा आईतबार आठ जना उमेद्वारले मनोनयन दर्ता गरेका छन् ।


प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काँग्रेस, एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रीक पार्टीको तर्फबाट उमेद्वारी दर्ता भएको हो । प्रतिनिधिसभामा नेकपा एमालेका प्रेमप्रसाद तुलाचन र नेपाली काँग्रेसका रोमी गौचन थकालीको उमेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी लोमान्थाङ र दालोमे गाउँपालीका समावेश भएको प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका ईन्द्रधारा बिष्ट र काँग्रेसका मिङगुर गुरुङले उमेद्वारी दर्ता गर्नुभएको छ । बाह्गाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालीकालाई समेटेको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका महेन्द्र थकाली, काँग्रेसका छिरीङ धावा गुरुङ, राप्रपाका नरबहादुर हिराचन र राप्रपा प्रजातान्त्रीकका प्रविन शेरचनले उमेद्वारी दर्ता गर्नुभएको छ ।

नौ हजार ४२७ जना मतदाता रहेको मुस्ताङमा २३ वटा मतदान केन्द्र रहेका छन् । शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निरज थकाली