घलेम्दी हाईड्रोको कार्यालयमा आगोलागीघलेम्दी हाईड्रोको कार्यालयमा आगोलागी

  • ३ कार्तिक २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 4906 पटक पढिएको

बेनी, ३ कात्तिक । बेनी नगरपालीका ८ गणेशटोल स्थित म्याग्दी उद्योग वाणिज्य संघको भवनमा रहेको घलेम्दी हाईड्रो लिमिटेडको कार्यालयमा बिहीबार राती आगोलागी भएको छ ।

भवनको पहिलो तलामा रहेको कार्यालयमा विद्युत सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष रोकाले बताउनुभयो । थप अनुसन्धान भैरहेको रोकाले बताउनुभयो । आगोलागीबाट कार्यालयका कागजपत्र, अभिलेख, फर्नीचर लगायतका सामाग्री जलेर नष्ट भएको छ ।

बिदामा कार्यालय बन्द भएको र रातको समयमा आगोलागी भएको हो । बन्द कोठाभित्रबाट गन्ध आएपछि खोलेर हेर्दा आगोलागी भएको थाहा पाएका थिए । घलेम्दी हाईड्रो लि.ले अन्नपूर्ण गाउँपालीका ४ नारच्याङमा ५ मेगावाट क्षमत्ताको घलेम्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सन्तोष गौतम