माझखर्कमा बालकक्षा संचालनका लागि लोक बहादुर भण्डारीबाट १ लाख ११ हजार सहयोग

  • २ कार्तिक २०७४, बिहीबार
  • धिरन खत्री
  • 3704 पटक पढिएको

म्याग्दी,२ कातिक । म्याग्दीको रघुगंगा गाउँपालिका २ माझखर्कमा बालकक्षा संचालनका लागि राखु भगवती निवासी समाजसेवी लोकबहादुर भण्डारीले १ लाख ११ हजार १११ रुपैया सहयोग गरेका छन् । माझखर्कमा रहेका साना बालबालिहरु पठ्नपाठन गर्न १ घण्टा टाढा जाने बाध्यतालाई हटाउन सो सहयोग गरेका हुन ।

५० घरधुरी रहेको माझखर्कमा बालशिक्षा संचालन नहुँदा बालबालिका १ घण्टाको पैदलयात्रा गरि रिसिन चौतारी अधेरीखोलाको विद्यालयहरुमा पढ्न जान बाध्य छन् । सो समस्यालाई निराकण गर्न सहयोग गरेको समाजसेवी लोक भण्डारीले बताउनुभयो । भण्डारीले यस्तै सहयोग अन्य विद्यालयमाहरमा गर्दै आउनुभएको छ ।

बाल कक्षा संलालन गर्नका लागि स्थानीय अगुवा बालकृष्ण कार्की, चोपबहादुर कार्की र लक्ष्मी कार्की, बालकृष्ण कार्की(ख) लगातयका युवकहरुले आर्थिक संकलन अभियानमा सक्रियता जनाएका छन । बालकक्षा संचालन गर्न कक्षाकोठा निर्माण स्टेशनरी सामान र शिक्षक तलव जुटाउन सहयोग संकलन अभियान थालिएको बालकृष्ण कार्कीले बताउनुभयो ।

सो बाल कक्षा संचालन गर्न वडा कार्यालयबाट आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने योजना रहेको वडा अध्यक्ष रिमबहादुर कटुवाल क्षेत्रीले बताउनुभयो । बालकक्षा संचालन नहुदाँ दैनिक रुपमा बालबालिकाहरुले समस्या खेप्नुपरेको छ। छिटै बालकक्षा संचालन गर्नका लागि अन्य क्षेत्रबाट आवश्यक सहयोग अपिल गरिने बताउनुभयो ।

यस बालशिक्षा संचालन गर्नका लागि वडा कार्यालय , गाउँपालिका कार्यालय र जिल्ला शिक्षा कार्यालय, राखुबासी समाजसेवी तथा विभिन्न संघसंस्थालाई आवश्यक सहयोग गर्न अपिल गरिएको कार्कीले बताउनुभयो । बालकक्षा संचालन गर्न सकेमा दैनिक १ घण्टा पैदल गरेर पढन् जाने पाँच बर्ष मुनिका तिस भन्दा बढी बालबालिकाहरुलाई सहज हुने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l