राम्चे गाउँको प्रचारप्रसारका लागि म्युजीक भिडीयो

  • २ कार्तिक २०७४, बिहीबार
  • सन्तोष गौतम
  • 5003 पटक पढिएको

म्याग्दी, २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ मा पर्ने राम्चे गाउँको प्रचारप्रसारका लागि गित र म्युजीक भिडीयोको छायांकन गरिएको छ । डिके पुनले लेखेको “स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ” बोलको म्युजीक भिडीयो बनाउन लागिएको हो । राम्चेको न्यू देउराली युवा कल्वको पहलमा निर्माण हुन लागीएको म्युजीक भिडीयोको छायांकन सकिएको कल्वका सदस्य उमेश गर्बुजाले बताउनुभयो ।

राम्चे गाउँको प्राकृतिक सम्पदा र पर्यटकीय स्थलहरुको प्रचारप्रसार, परम्परागत कला संस्कृतीको संरक्षण गरि पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याउने उद्देश्यले गित र म्युजीक भिडीया बनाउन लागिएको गर्बुजाले बताउनुभयो ।

पाँच मिनेट लामो सो गितमा गायीका रजनी राईको स्वर रहेको छ भने जि पुनको संगीत रहेको छ । राम्चे गाउँ र वरपरका स्थलहरुमा छायांकन गरिएको म्युजीक भिडीयो सम्पादन गरेपछि सार्वजनीक गरिने भएको छ ।

आषिस पुनले निर्देशन र सन्तोष पिठाकोटे मगरले छायांकन गर्नुभएको म्युजीक भिडीयोमा टिका पुर्जा पुन, दिक्षा पुर्जा, पबिना पुन, तुलदेवी तिलीजा, उषा गर्बुजा, सुस्मा गर्बुजा, भबिशा पुन, देवी पुन, नानुमाया पुन, पुस्पा पुन, सलिना पुन लगायतका कलाकारले अभिनय गरेका छन् ।

म्युजीक भिडीयो निर्माणका लागि देउबहादुर तिलीजा (राम्चे हाल हङकङ), निर्मल पुर्जा (राम्चे), दुर्गाकुमार गर्बुजा (राम्चे हाल कोरीया), टककुमार पुर्जा र राजु गर्बुजा ( राम्चे हाल कोरीया), गणेश गर्बुजा (राम्चे हाल कोरीया), डिबी पुर्जा (राम्चे हाल दुवई), देवेन्द्र पुर्जा (काफलडाँडा हाल हङकङ), प्रेम गर्बुजा (राम्चे हाल साउदी), हुकमन पुर्जा (राम्चे), राम्चे टोल सुधार समिति, देउराली आमा समूह, राम्चेली बास्केटबल खेलाडीले सहयोग गरेका कल्वले जनाएको छ ।

पछिल्लो समय म्याग्दीका गाउँको गित र म्युजीक भिडीयो बनाउने क्रम बढेको छ । घोडेपानी, नांगी, करपाकेली, बेग, चिमखोला, खिवाङ, दाना, नारच्याङ, दुखु गाउँको म्युजीक भिडीयो निर्माण भैसकेको छ । पछिल्लो समय स्थानीय शिक्षक रमेश पौडेलले ताकम गाउँको बारेमा लोक गित बनाउनुभएको छ ।

सन्तोष गौतम