जनहित क्याम्पस मुस्ताङमा अनेरास्वबियू बिजयी

  • १८ फाल्गुन २०७३, बुधबार
  • सुन्दरकुमार थकाली
  • 3571 पटक पढिएको

Mustang-12मुस्ताङ–१८ फागुन । मुस्ताङको जनहित बहुमुखी क्याम्पसमा भएको स्वबियू निर्वाचनमा ने.क.पा.(एमाले)को भातृ संगठन अनेरास्वबियूले बिजयी हाँसिल गरेको छ । निर्वाचन अधिकृत  कर्ण बहादुर थकालीका अनुसार अध्यक्ष पदमा रविन बानियाँ सहित ९ स्थानमा अनेरास्वबियूले आफ्नो उम्मेदवारहरुलाई जिताउन सफल भएको छ ।उहाँका अनुसार सचिबमा सिता श्रेष्ठ,कोषाध्यमा अंकिता पून छन् ।

खुल्ला सदस्य तर्फ ममिला किशन,रोशनी श्रेष्ठ,प्रतिक्षा परियार र रविन पाईजा बिजयी भएका छन् । त्यस्तै समानुपातीक सदस्य तर्फ अनेरास्वबियूले २ र ने.बि.संघले एक पदमा बिजयी प्राप्त गरेका छन् । बुधवार भएको स्वबियू निर्वाचनमा बिजयी भएपछि नवनिर्वाचित स्वबियू अध्यक्ष रबिन बानियाँले निर्वाचन  लोकतान्त्रिक प्रक्रिया भएकाले आफ्नो जीतलाई शहज रुपमा लिएको बताउँदै क्याम्पसको विकासमा सबै विद्यार्थीहरुसंग सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो  । Mustang
निर्वाचन घोषण लगत्तै अनेरास्वबियू समर्थित बिद्यार्थी संगठनले सरमुकाम जोमसोममा बिजयी ¥याली समेत निकालेका थिए । ¥यालीलाई सम्बोधन गर्दे अनेरास्वबियू मुस्ताङका अध्यक्ष पेमा छेतेन बिकले जिल्लाको शैक्षिक बिकास र उत्थानका लागि अनेरास्वबियू निरन्तर लागिरहने भन्दै नवनिर्वाचित स्वबियूलाई मर्यादित र गतिशिल बनाउन सके शैक्षिक बिकृति र बिद्याथी अधिकारका कुरा सुनिश्चित हुने बताउनुभयउो ।

त्रिभुवन बिश्व बिद्यालय अन्र्तगत देशभरका क्याम्पसमा एकै साथ सुरु भएको स्वबियू निर्वाचन गराउने तैयारी गरे अनुसार मुस्ताङमा रहेको जनहित बहुमुखी क्यापम्सले  पहिलो पटक सहभागिता जनाउने हो  । तीन वर्ष अघि मात्र स्नातक तह अन्र्तगत कमर्श बिषयको  कक्षा  संञ्चालन गर्दे आएको जनहित बहुमुखी क्याम्पस २७ जना बिद्यार्थी अध्यनरत छन्।

सुन्दरकुमार थकाली