म्याग्दीका दुई क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सुरु

  • १८ फाल्गुन २०७३, बुधबार
  • कमल खत्री
  • 2207 पटक पढिएको

1

म्याग्दी, १८ फागुन । त्रिभुवन विश्वविद्यालय मातहत रहेका म्याग्दीका दुई क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सूरु भएको छ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस र बावियाचौरस्थित मंगला शिक्षा क्याम्पस स्ववियुको नयाँ नेतृत्व चयनका लागि विहानदेखि मतदान सुरु भएको हो ।

म्याग्दी क्याम्पसमा स्ववियु नेतृत्वको लागि अनेरास्ववियरुबाट सावित्रा खत्री, नेविसंघबाट हरिकृष्ण आचार्य, अखिल क्रान्तिकारीबाट सुदिन पौडेल र विप्लब नेतृत्वको अखिल क्रान्तिकारीबाट सम्राट सापकोटा अध्यक्ष पदको उमेदवार रहनुभएको छ ।

बेनीस्थित म्याग्दी क्याम्पसमा ४ सय ७७ मतदाता छन् भने बावियाचौरमा ५२ मतदाता छन् । दुवै क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी प्रचण्ड, विप्लव समूहको अखिल क्रान्तिकारी चुनावी मैदानमा छन् ।

बावियाचौरमा भने नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियन र नेविसंघको संयुक्त प्यानल मिलेर चुनाब लड्दैछन् । आज बिहान ८ बजेदेखि सुरु भएको निर्वाचनको मतदात ३ बजेसम्म तोकिएको म्याग्दी बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत रेखाकौसल रेग्मीले बताउनुभयो ।

निर्वाचनमा दुवै क्याम्पसमा त्रिपक्षीय भिडन्त हुनेछ । म्याग्दी र मंगला क्याम्पसमा बिप्लव नेतृत्वको अखिल क्रान्तिकारीले उम्मेद्वारी दिएपनि त्यो संगठनको अस्तित्वका लागि मात्र हुनेछ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l